default_image

9 years ago

April 7, 2016

साकोस बुद्धिचाल विजेता सजिनलाई मोटरसाइकल

118 views

0 Bookmark

काठमाडौं – केही बर्षअघि सम्ममा टोल टोलमा सौखिन खेलाडीले धानेको नेपाली बुद्धिचालले विस्तारै व्यवसायिक उडान भर्न थालेको छ । अधिकांश बुद्धिचाल प्रतियोगिता नगद पुरस्कारका हुन्छन् भने केही ती भन्दा पनि भिन्नै पुरस्कारका हुन्छन् ।

कामना साकोस बुद्धिचालका विजेता सजिन महर्जनलाई मोटरसाइकलको साचो हस्तान्तरण गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ ।

कामना साकोस बुद्धिचालका विजेता सजिन महर्जनलाई मोटरसाइकलको साचो हस्तान्तरण गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ ।

बिहीबारमात्र ललिपतुरमा सम्पन्न कामना साकोस बुद्धिचालको उपाधि जित्दै सजिन महर्जनले मोटरसाईकल पुरस्कार पाएका छन् । सहकारी कप बुद्धिचाल प्रतियोगिताको चौथो संस्करणको फाइनलमा गोल्डेनगेट कलेजका हिमाल लामालाई हराउँदै सजिनले आफुलाई मोटरसाइकलको हकदार बनाए ।
क्लासिकल तर्फका दुबै खेल बराबरीमा टुंगिएपछि टाइब्रेकका लागि खेलाईएको ब्लिज खेलमा सजिनले २–० को अग्रता बनाउँदै उपाधि जिते । उपविजेता हिमालले ५० हजार रुपैयाँ प्राप्त गरे । नेसनल डेभलपमेन्ट साकोसका सुमित पन्त तेश्रो भए ।
नकआउटतर्फ थापाथली चेस पार्कका सुमन राईलाई १.५–०.५ ले हराउँदै सुमितले तस्रो स्थान हासिल गरे र ३० हजार रुपैयाँ पाए । चौथो भएका सुमनले २५ हजार रुपैयाँ पाए ।
डायनामीक चेस एकेडेमीका क्यान्डिडेटमास्टर भूपेन्द्र निरौलालले नियमित लिग तर्फको उपाधि ,जितेका छन् । लगातार दोश्रो पटक लिग उपाधि जित्ने क्रममा भुपेन्द्रले बिहिबार नवौं र दसौं तथा अन्तिम चरढणमा क्रमशः जनता साकोस ठेचोका क्षितीज भण्डारी तथा भक्तपुरका भेट्रान गणेशमान दुवाललाई हराए । १० खेलबाट ८ अंक जोेडेका भूपेन्द्रले २५ हजार रुपैयाँ पाए ।
काठमाण्डौका सुमन लामा ७.५ अंकका साथ लिगमा दोश्रो भए । उनले अन्तिम दिन कामना साकोसका जनार्दन श्रेष्ठ र मंकादुखु साकोसका क्यान्डिडेटमास्टर रिजेन्द्र राजभण्डारीलाई हराए । सुमनले १५ हजार रुपैया पाए । लिगमा क्षितीज भण्डारी तेस्रा, श्री करुणामय साकोसका बद्रीलाल नेपाली चौथो, गोल्डेनगेट कलेजका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ पाँचौं, गणेशमान दुवाल छैटौं र अर्थ बहुउद्येश्यीय सहकारीका फिडेमास्टर मनीष हमाल सातौं भए ।
महिलातर्फ मनास्लु साकोसका अस्मिता अधिकारी विजयी भइन् । समान ५ अंक भएपनि नोबेल कलेजका बिशेखा जयसवाल दोस्रो र पिपुल्स कलेजका बिना जयसवाल तेस्रा भइन् । जनता साकोस ठेचोका सिन्दिरा जोशी चौथो र अर्थ बहुउद्येश्यीय सहकारीकी सविना श्रेष्ठ पाँचौं भइन् । उमेर समुह अन्र्तगत ५५ वर्ष माथिको पुरस्कार सिवानी एयरलाईन्सका रविन्द्र शाक्यले जिते । त्यस्तै १९ वर्षमुनिको उपाधि शुभ श्रीका आशिष फुँयालले जिते । सिवानी एअरलाईन्सका नविन तण्डुकार १८ सय देखि २ हजार रेटिङ समुहमा तथा १८ सय भन्दा मुनिको रुकुमका मिलन रोका उत्कृष्ट रहे ।
अनरेटेड समुहमा भक्तपुरका केशव मानन्धर विजयी भए भने काठमाडौंका विशाल कुमार श्रेष्ठका दोस्रो भए । उत्कृष्ट स्थानीयको पुरस्कार नेशनल डेभलपमेन्ट साकोस ललितपुरका लवकुमार श्रेष्ठले प्राप्त गरे ।
५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला बचत संघ ललितपुर तथा ताम्राकार समाजको संयुक्त आयोजना र सिवानी एयरलाईन्सको मुख्य प्रायोजन रहेको प्रतियोगिताका विजयी खेलाडीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले पुरस्कृत गरे ।

 

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.