6 years ago
December 18, 2018
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कमजोरीका कारण नेपाल तेक्वान्दो संघ अस्थिरताको शिकार भइरहेको छ । सफल इतिहास बोकेको संघलाई कमजोर बनाउन आफ्नै ऐन विपरित राखेपले केहि वर्षअघि राष्ट्रिय तेक्वान्दो युनियनलाई संघको मान्यता दिएको थियो ।
एउटा खेलको एकमात्र संघ राखेपमा दर्ता गर्न सकिने ऐनमा उल्लेख छ । पछिल्लो समय राखेपले दुई संघलाई मिल्नका लागि भन्दै राखेपले दबाब दिएको छ । यद्दपी दुई संघबीचको एकता भने सम्भावना कम देखिएको छ । यसबीचमा एसियाली तेक्वान्दो युनियन (एटीयू) ले नेपाल तेक्वान्दो संघ अन्तर्गत रहेका २२ जनालाई विभिन्न स्थायी कमिटीमा मनोनय गरेको संघले जनाएको छ ।
कमिटीअन्तर्गत एडभाइसरीमा सन्जिव रेग्मी, एजुकेसनमा भोजबहादुर शाह, इथिक्समा हरिश्वर पोखरेल, जुरीडिकलमा नन्दकुमार राई, लिडर्समा दिलबहादुर वोली, मार्केटिङमा भानबहादुर चन्द, कोलेगियटमा भरत महर्जन, एन्टी डोपिङ तथा मेडिकलमा डा. सरोजकृष्ण श्रेष्ठ, पारालिम्पिक्समा कासिममिया धोबी, ग्योरोगीमा नवीनकुमार श्रेष्ठ, एथलिट्समा दीपक विष्ट छन् ।
त्यस्तै फाइनान्समा सुमनकुमार घले, युथमा टीकाप्रसाद लिम्बू, डेभ्लोप्मेन्टमा श्याम डंगोल, क्याडेटमा हेमन्त डाँगी, कोचेसमा श्रीमान थापा मगर, टेक्निकलमा नोर्बु लामा, गेम्समा बद्रीप्रसाद घिमिरे, सस्टेनेबिलिटिमा संगीना वैद्य, मिडियामा हिराबहादुर थापा, पुम्सेमा कविराज खड्गी र वुमन इन तेक्वान्दोमा नन्दा बस्यालले जिम्मेवारी पाएको संघका सचिव एवं प्रवक्ता दीपक विष्टले जनाएका छन् ।
तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले एटीयूबाट प्राप्त पत्र सम्बन्धितहरुलाई मंगलबार सातदोबाटोस्थित संघ कार्यालयमा हस्तान्तरण गरे ।
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]