default_image

6 years ago

December 15, 2018

सागका लागि १३ खेलका ४३ खेलाडी विशेष प्रशिक्षणमा

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न १३ खेलको विशेष प्रशिक्षण सुरु गरेको छ । भदौमा इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा नेपाललाई पदक दिलाउने खेल प्याराग्लाइडिङका खेलाडीसहित अन्य खेलाडीलाई विशेष प्रशिक्षणमा सामेल गराएको बताएको छ ।

एसियाडमा नेपालले सहभागिता जनाएको २९ खेल मध्ये भारोत्तोलन, बक्सिङ, आर्चरी, सुटिङ, एथलेटिक्स, टेबलटेनिस, कराते, ब्याडमिन्टन, तेक्वान्दो, पौडी, जुडो र उसुका गरि ४३ खेलाडी विशेष प्रशिक्षणमा सहभागी गराइएको बताइइएको छ । प्याराग्लाइडिङले पुरुष टिम क्रस कन्ट्रीमा नेपाललाई रजत दिलाएको थियो ।

 

नेपालले १८ औं एसियाडमा हासिल गरेको त्यो एक मात्र पदक थियो । विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा सम्मिलित टोलीले रजत जितेका थिए । माघ ५ गतेसम्म चल्ने विशेष प्रशिक्षण मंसिर २५ गतेदेखि सुरु भएपनि औपचारिक उद्घाटन भने शनिबार मात्र गरिएको हो ।

राखेपका सदस्य–सचिव केशवकुमार विष्टले प्रशिक्षणको उद्घाटन गरेका थिए । प्रशिक्षणको जिम्मेवारी सम्बन्धित १३ खेलका १६ प्रशिक्षकलाई दिइएको छ । सदस्य–सचिव विष्टले पदक ल्याउन असफल भएपनि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई १३ औं सागको तयारीलाई मध्यनजर गरी विशेष प्रशिक्षणको व्यवस्था मिलाइएको बताए ।

उनले भने ‘राष्ट्रलाई पदक दिलाउने खेलाडीलाई त हामीले नगदसहित सम्मान गरिसकेका छौं । पदक विजेतासहित पदक जित्न असफल भएपनि आ–आफ्नो विधामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीको सम्मानका खातिर र १३ औं सागको तयारीलाई लक्षित गरी हामीले विशेष प्रशिक्षणको थालनी गरेका हौं ।’

सदस्य–सचिव विष्टले प्रशिक्षकको हकमा सिनियर,जुनियर, स्थायी,अस्थायी नहेरी राम्रो र सक्षम प्रशिक्षकलाई प्रशिक्षणको जिम्मेवारी दिइने बताउदै बाँकी खेलाडीलाई आठौं राष्ट्रिय खेलकुद पछि प्रशिक्षणमा राखिने बताए ।

राष्ट्रिय टिम तयारीका निर्देशक अर्जुन विकले पहिले तोकिएको मिति भन्दा आठौं राष्ट्रिय खेलकुद पछि सरेकोले तत्काललाई १८ औं एसियाडमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई मात्र समावेश गरी तालिम सुरु गरिएको बताए । कार्यक्रममा विशेष प्रशिक्षणमा सहभागी खेलाडी र प्रशिक्षकलाई सदस्य–सचिव विष्टले ट्रयाकसुट पनि प्रदान गरेका थिए ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.