default_image

6 years ago

December 14, 2018

पोखरामा क्लब लिग भलिबल प्रतियोगिताको तयारी पुरा

124 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पोखरामा आइतबारबाट सुरु हुने चौथो संस्करणको राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

नेपाल भलिबल संघको समन्वयमा पोखरामा आयोजना हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको संघका बरिष्ठ उपाध्यक्ष एवम् कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङले जानकारी गराए ।

प्रतियोगितामा चौथो एनभिए राष्ट्रिय च्याम्पियनसिपमा सहभागी १२ टिममध्ये उत्कृष्ट ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । राउन्ड रोविन लिगको आधारमा हुने प्रतियोगिताका सबै खेलहरु पोखरा रंगशालास्थित भलिबल कोर्टमा ७ पुससम्म हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा विभागीय नेपाल एपिएफ क्लबले काठमाडौंको नयाँ बजार युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसँगै बुटवलको मणिमुकुन्द भलिबल क्लब, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, ढोरपाटन क्लब, हेल्प नेपाल स्पोर्टस् क्लब र नयाँबजार युवा क्लब रहेका छन् ।

प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले १ लाख रुपैयाँ पाउनेछ । तेस्रो र चौथो हुनेले क्रमश: ५० र २५ हजार रूपैयाँ प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट लिबेरो, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर र प्रशिक्षकले जनही ५–५ हजार रूपैयाँ पाउनेछन् ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.