6 years ago
December 11, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली नम्बर एक ब्याडमिन्टन खेलाडी रत्नजित तामाङ बंगलादेशमा आजबाट सुरु भएको योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज–२०१८ को दोस्रो चरणमा प्रवेश गरेका छन् ।
मगंगलबार भएको पुरुष एकलतर्फको खेलमा रत्नजितले भारतका अङकुर साङपाङ राईलाई २–० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् । रत्नजितले भारतीय खेलाडीमाथि पहिलो सेटमा २१–११ को सहज जित निकाले थिए ।
प्रतिस्पर्धात्मक बनेको दोस्रो दोस्रो सेटमा रत्नजितले २५–२३ को संघर्षपूर्ण जित निकाले । अब उनले मलेसियाका जुल्हेल्मी जुल्किफ्लीसँग प्रतिस्पर्धा गर्नेछन् ।
अर्का खेलाडी दीपेश धामी भने पराजित भएका छन् । दीपेश इन्डोनेसियाका क्रिष्टियन एडिनाटासँग २१–१८ र २१–१३ ले पराजित भएको टिम ब्यवस्थापक सुभाष श्रेष्ठले बंगलादेशबाट जानकारी दिएका छन् ।
पुरुष जोडीमा भने रत्नजित र दिपेशको जोडी वाक ओभर प्राप्त गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् । यस्तै महिला जोडीमा पनि नङ्सल देवी तामाङ र अमिता गिरीको जोडीले मरिससका खेलाडीबाट वाक ओभर प्राप्त गर्दै क्वार्टरफाईनल यात्रा तय गरेको छ ।
मिश्रित जोडीतर्फ दिपेश र अमिताको जोडी मरिससका खेलाडीबाट वाक ओभर प्राप्त गर्दै दोश्रो चरण प्रवेश गरेको छ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]