6 years ago
December 3, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ब्याडमिन्टन संघको आयोजनामा मंगलबार सुरु हुने योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिज ब्याटिमन्टनमा नेपालसहित २० देशका खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयको कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा १ सय १७ पुरुष र ६१ महिला गरि १ सय ७८ खेलाडीले प्रतिस्पर्धा गर्ने संघले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । नेपालका १६ पुरुष र १३ महिला गरि २९ खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ ।
१० हजार अमेरिकी डलर (११ लाख रुपैयाँ) पुरस्कार रहेको प्रतियोगितामा नेपालसहित, अमेरिका, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, थाइल्याण्ड, मलेसिया, भारत, मरिसियस, भुटान, श्रीलंका, बंगलादेश, इरान, मंगोलिया, पाकिस्तान, माल्दिभ्स, भियतनाम, बहराईन, म्यानमार र सिंगापुरका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
विश्व ब्याडमिन्टन महासंघ (बिडब्लूएफ) को तेस्रो श्रेणीको प्रतियोगिताका रुपमा रहेको सिरिजमा सबै भन्दा धेरै राष्ट्रको सहभागिता रहेको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले बताए । प्रतियोगितामा ५ इभेन्ट्स समावेश छन् । जसमा मेन्स सिंगल्समा ७७, वुमन्स सिंगलमा ४३, मेन्स डबल्समा ३६ जोडी, वुमन्स डबल्समा १८ जोडी र मिक्स डबल्समा ३२ जोडीले भाग लिनेछन् ।
सबै इभेन्ट्सका अन्तिम १६ स्थान प्राप्त गर्ने खेलाडीले सम्म नगद पुरस्कार जित्नेछन् । मेन्स र वुमेन्स सिंगलका विजेताले समान ७ सय ५० डलर प्राप्त गर्दा अन्य मिक्स डबल्सका विजेताले ७ सय ९० डलर जित्नेछन् ।
झन्डै ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि एसियाली ब्याडमिन्टन महासंघले ८ हजार र प्रायोजक योनेक्सले ६ हजार अमेरिकी डलर उपलब्ध गराउने संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए । त्यस्तै राष्ट्रिय खेलकुद परिषद्ले १० लाख रुपैयाँ दिने र नपुग रकमका लागि प्रायोजन खोजिने अध्यक्ष श्रेष्ठले बताए ।
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]