6 years ago
November 29, 2018
काठमाडौं (हाम्रो खेलकुद)– भारत दोस्रो दक्षिण एसियाली यु–२१ ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम इभेन्ट्समा च्याम्पियन बनेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा बिहीबार भएको फाइनलमा भारतले आयोजक नेपाललाई ३–१ ले पराजित गर्दै उपाधि रक्षा गरेको छ ।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत मिक्स टिमको फाइनलमा भारतले महिला एकल, पुरुष युगल तथा महिला युगलमा नेपाललाई पराजित ग¥यो । पुरुष एकलमा भने नेपालले भारतलाई पराजित ग¥यो ।
पुरुष एकलमा नेपालका नविन श्रेष्ठले भारतका प्रियान्सु रजावतलाई २१–१२ र २१–१७ को सोझो सेटमा पराजित गरे । अन्य खेलमा नेपालका खेलाडी राम्रो खेल्न सकेनन् । महिला एकलमा नेपालकी रशिला महर्जन भारतकी माल्भिका बासोदसँग २१– ८ र २१–५ को सोझो सेटमा पराजित भइन् ।
पुरुष जोडीमा नविन र प्रिन्स दाहालको जोडीले भारतका बिष्णुबर्दन गाउड पन्जला र ध्रुव रावतको जोडीलाई २१–१५ र २१–१७ ले नतिजा सुम्पियो । महिला युगलमा नेपालकी जेशिका गुरुङ र रञ्जना भट्टको जोडी भारतकी पूर्वा बार्भे र तानिशा क्राष्टोका जोडीसँग २१–५ र २१– ५ ले पराजित भयो ।
नेपाल अघिल्लो संस्करमा पनि दोश्रो भएको थियो । बंगलादेश र श्रीलंका तेस्रो स्थानमा भए । तीन दिने च्याम्पयनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, मालदिभ्स र श्रीलंकाको सहभागिता रहेको थियो ।
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]