default_image

6 years ago

November 27, 2018

भारत र बंगलादेश सेमिफाइनलमा

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –भारत दोस्रो दक्षिण एशियाली यु–२१ क्षेत्रीय ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम इभेन्ट्सतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । हल्चोकस्थित एपीएफ क्लबको कोर्टमा मंगलबार भएको टिम इभेन्टस भारतले बंगलादेशमाथि ५–० को जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।

भारत समूह ‘ए’ को विजेता हुँदै सेमिफाईनल प्रवेश गरेको हो । भारतसँग पराजित भएपनि बंगलादेश समूह उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्न सफल भयो । टिम इभेन्टस्मा भारत, बंगलादेश, नेपाल, श्रीलंका र मालदिभ्स गरि पाँच राष्ट्रको सहभागिता रहेको छ । नेपाल, श्रीलंका र माल्दिभ्ससँगै समूह ‘बी’ मा रहेको छ ।

पुरुष एकलमा भारतका ध्रुव राउतले बंगलादेशका एसएसएम शिव गाथुल्लालाई २१–१७ र २१–१८ ले पराजित ग¥यो । महिला एकलमा माल्दिभ्सका बान्सोदले बंगलादेशकी उर्मी अख्तरलाई २१–४ र २१–९ ले हराईन् । पुरुष युगलतर्फ भारतका बिष्णु बरदान र प्रियान्सु राजवतको जोडीले बंगलादेशका गौरव सिंह मंगल सिंहको जोडीलाई २१–१४ र २१–९ ले पराजित गर्यो ।

महिला युगलतर्फ पूर्वा बर्भे र तनिशा क्रोष्टाको जोडीले बंगलादेशका उर्मी अख्तर र रश्मा अख्तरको जोडीलाई २१–११ र २१–९ ले हरायो । । मिक्स युगलतर्फको खेलमा बिष्णु बरदान र तनिशा क्रोष्टाको जोडीले बंगलादेशका शिव गाथुल्ला र फारविन बिन्ता ईमदाललाई २१–८ र २१–८ ले जित निकाल्दै ५–० को जित निकाल्यो ।

समूह ‘बी’ को पहिलो लिग खेलमा श्रीलंकाले माल्दिभ्सलाई ४–१ ले पराजित ग¥यो । श्रीलंकाका रनतोष्का सासिन्दुले मालदिभ्सका अहमद निवाललाई २१–१३ र २१ र ११ ले, महिला एकलमा दिल्मी दियासले अमिनाती नविहालाई २१–६ र २१–११ले, पुरुष युगलमा चामथ दियास र चिराथिल्लेप ईरामारोचीको जोडीले मोहम्मद अकिफ र मोहम्मद राफाको जोडीलाई २१–७ र २१–१० ले तथा हासिनी अम्बलाङ्गो दुग र दिल्मी दियाको जोडीले अमिनाती नविहाको जोडीलाई २१–१० र २१–१९ ले पराजित गरे ।

मिक्स युगलको खेलमा भने माल्दिभ्सले जित निकाल्यो । माल्दिभ्सका निवाल अहमद र फथमा नवाहको जोडीले रन्थुस्का र हासरा विजेवर्दनेको जोडीलाई २१–१९, १५–२१ र २१–१८ ले पराजित गरे । नेपाल र श्रीलंकाबीच भएको मिक्स टिम ईभेन्ट्समा नेपालले ३–२ को जित निकाल्यो । पुरुष एकलमा नेपालका नविन श्रेष्ठले श्रीलंकाका रन्थुस्का ससिन्दुलाई २२–२० र २१–१३ ले हराए ।

महिला एकलतर्फ रशिला महर्जन दिल्मी दियाससँग १२–२१ र १२–२१ ले पराजित भईन् । पुरुष युगलतर्फ नविन र प्रिन्स दाहालले श्रीलंकाका चिराथ ईल्लेपरुमाराची र चामाथ दियासको जोडीलाई २१–१८, २३–२१ ले पाखा लगाए । महिला जोडीतर्फ रशिला महर्जन र जेशिका गुरुङको जोडी श्रीलंकाका दिल्मी दियास र हासिनी अम्बालाङदेको जोडीसँग २१–१३ र २१–८ ले पराजित भए ।

यस्तै मिक्स जोडीतर्फ प्रिन्स दाहाल र रशिला महर्जनको जोडी श्रीलंकाका रन्थुस्का र दिमी दियासको जोडीलाई २१–१९, २१–१३ को जित निकाल्यो नेपालले अन्तिम चारको यात्रा तय गर्न बुधबार हुने माल्दिभ्ससँगको खेलमा जित निकाल्नु पर्नेछ ।

May 14, 2025

ओलम्पिकमा नेपालको विमोचन

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रकाशन गरेको ओलम्पिकमा नेपाल नामक पुस्तक विमोचन गरिएको छ। राखेपका सदस्य सचिव टंकलाल घिसिङ तथा ओलम्पियनहरु बैकुण्ठ मानन्धर, जितबहादुर केसी दिपक विष्ट, विष्णु बहादुर सिंह लगायत १५ जना ओलम्पियनहरुले बुधवार संयुक्त रुपमा पुस्तकको विमोचन गरे। राखेपले ओलम्पिकमा नेपाल सहभागी भएको सन् १९६४ देखि देखि २०२४ सम्मको इतिहास […]

May 13, 2025

पिएम कप एनभिए भलिबल लिगमा शिवम् सिमेन्टको साथ

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल भलिबल संघको आयोजनामा अर्को महिना हुने नवौं पिएम कप एनभिए महिला पुरुष भलिबल लिगसँग शिवम् सिमेन्ट जोडिएको छ। लिगमा शिवम् सिमेन्ट ‘स्ट्रेन्थ पार्टनर’ रुपमा जोडिएको भलिबल संघले जनाएको छ।  शिवम् सिमेन्टका  सेल्स एण्ड मार्केटिङका भि.पि. निखिल अग्रवाल तथा भलिबल संघका महासचिव रोशन श्रेष्ठले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौता रकम खुलाइएको छैन। […]

May 11, 2025

अस्ट्रेलियामा पूर्व कराते खेलाडीको एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा रहेका करातेका पूर्व खेलाडीको समूहले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा कार्यालय राखिएको एकेडेमीमा अहिले ९ सदस्यीय कार्यसमिति बनेको छ । एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कांस्यपदक, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक […]

Success

Thank you for your time.