default_image

6 years ago

November 14, 2018

तिम्सिना पुनः राखेप उपाध्यक्ष, गुरुङ र निरौला सदस्य मनोनित

245 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पिताम्बर तिम्सिना राष्ट्रिय खेलकुद परिषद (राखेप) को उपाध्यक्ष नियुक्त भएका छन् । राखेप अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री जगतबहादुर बि.क. (सुनार) ले तिम्सिनालाई युवा तथा खेलकुद मन्त्रालयमा बुधबार उपाध्यक्ष पद तथा गोपनियताको सपथ गराए ।

लामा टेन्डी शेर्पाको उपाध्यक्षको पदावधि समाप्त भएपछि तिम्सिनालाई नियुक्त गरिएको हो । मन्त्रीले तिम्सिनालाई खेलकुद विकास ऐन २०४८ का अनुसार कात्तिक २८ गते देखि लागु हुने गरि सदस्य पदमा बहाल रहने अवधीभरका लागि उपाध्यक्षमा नियुक्त गरेका हुन् । तिम्सिनाले बुधबार नै राखेपमा पद बहाली गरेका छन् ।

राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना ।

गुरुङ राखेपको सदस्य यसअघि पनि मनोनित भएका थिए । उनी सुटिङ र बक्सिङ्ग संघको उपाध्यक्ष तथा नेपाल ब्याडमिन्टन संघको केन्द्रिय सदस्य समेत रहिसकेका छन् । मोर्डन पेन्टाथलन र नेपाल भलिबल संघको केन्द्रिय सदस्य रहेकी निरौलाको पहिलो पटक राखेप सदस्यमा मनोनित भएकी हुन् ।

राखेप सदस्य इन्दिरा निरौला ।

 

मन्त्री सुनारले सदस्यहरुलाई बधाई दिने क्रममा जिम्मेवारी पुरा गर्ने विश्वास लिएको बताए । उनले राखेपको नीति र काममा दत्तचित्त रहन पनि सुझाव दिए । उपाध्यक्ष तिम्सिनाले आफुले राखेपमा उपाध्यक्षमा रहेर गरेको कार्यको मुल्याङ्कन गर्दै पुनः राखेपको सदस्यमा नियुक्त गरेकोमा मन्त्री परिषद्लाई र उपाध्यक्ष पदमा नियुक्त गरेकोमा मन्त्रीलाई धन्यवाद दिए ।

राखेप सदस्य राजेश गुरुङ ।

उनले राखेपमा देखिएको विकृती र विसंगतीलाई निर्मूल गर्न लागि पर्ने बताए । यद्दपी उनले कस्तो विकृती र विसंगतीका बारेमा भने प्रष्ट पारेनन् । राखेप सदस्य सचिव केशवकुमार विष्टले अनुभवी सदस्यहरु मनोनित हुनुले परिषदले गर्ने काममा थप सहयोग पुग्ने विश्वास लिएको बताए ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.