6 years ago
October 24, 2018
सिन्धुपाल्चोक(हाम्रो खेलकुद)- तेस्रो संस्करणको हेलम्बु ट्रेल म्याराथनको उपाधि किरण कुलुङले जितेका छन् । सिन्धुपाल्चोकको हेलम्वुमा भएको म्याराथनमा कुलुङले निर्धारित दुरी ४ घन्टा ३२ मिनेट ३० सेकेन्डमा पुरा गर्दै उपाधि जित्न सफल भएका हुन् ।
४ घन्टा ३८ मिनेट ४५ सेकेन्डमा दुरी पूरा गर्दै सुमन कुलुङले दोस्रो स्थान हात पारे । सन्तोष खालिङले ५ घन्टा ५२ मिनेट ३० सेकेन्डमा दुरी पुरा गर्दै तेस्रो स्थान हात पारे ।
भेट्रान्सतर्फ गंगालाल तामाङ पहिलो, भीम बहादुर गुरुङ दोस्रो तथा दावा जङ्वु शेर्पाले तेस्रो स्थान हात पारे । महला ५ किलोमिटरतर्फ निमा डोल्मा ह्योल्मो पहिलो, श्रीसन शिल्पकार दोस्रो र प्रकृति सुवालले तेस्रो स्थान हात पारिन् ।
विद्यार्थी ५ किलोमिटरमा सुगर श्रेष्ठले पहिलो स्थान हात पारे । दावा दोर्जे ह्योल्मो दोस्रो तथा प्रविन बोहराले तेस्रो स्थान हासिल गरे । । ५ किलोमिटर खुल्ला पुरुषतर्फ पेमा टासी ह्योल्मोले निर्धारत दुरी २५ मिनेट ७ सेकेन्डमा पुरा गर्दै पहिलो भए ।
दावा लामाले ३१ मिनेट २६ सेकेन्डमा दुरी पर गर्दै दोस्रो तथा ३२ मिनेट २० सेकेन्डमा दुरी पुरा गर्दै निनो शेर्पाले तेस्रो स्थान हात पारे । महिलातर्फ रेखा विष्टले पहिलो स्थान हात पारिन् । यस विधामा अन्य धाविकाले दौड पुरा गर्न सकेनन् ।
ट्रेलको फुल म्याराथनको विजेता बनेको किरण कुलुङले २५ हजार प्राप्त गरे । दोस्रो भएको सुमनले १५ हजार तथा तेस्रो भएको सन्तोषले १० हजार रुपैया प्राप्त गरे । प्रतियोगितामा ४७० स्वदेशी र ३० विदेशी खेलाडीको सहभागिता रहेको थियो ।
November 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अनुभवी तोरण विक्रम शाहीले उत्कृष्ट प्रदर्शनका साथ ३ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन मंगलवार पनि शीर्षस्थानमा कायमै रहेका छन्। उनले दोस्रो दिन पनि ५-अन्डर ६७ को स्कोर बनाउँदै समग्रमा १०-अन्डर १ सय ३४ को स्कोर निकाले। यो स्कोरमा उनले सनिल केसीलाई ३ स्ट्रोकले पछि पार्दै अग्रता बढाए। सुनिल […]
November 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दसौं राष्ट्रिय खेलकुदसहित विविध विषयहरुमा छलफल गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १ सय १८ औं बोर्ड बैठक यसै साता बस्दैछ। झन्डै १५ महिनापछि राखेप बोर्ड बैठक बस्न लागेको हो। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुदमन्त्री भएयता पहिलो पटक राखेप बोर्ड बैठक बस्दैछ। चौधरी मन्त्री नियुक्त भएको ४ महिना भन्दा […]
November 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बीच भलिबल प्रतियोगिता माघमा सिन्धुपाल्चोकको सुकुटेमा हुने भएको छ। नेपाल भलिबल संघको संयोजन, जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको आयोजना तथा व्यवस्थापनमा माघ १ गते देखि ५ गतेसम्म प्रतियोगिता आयोजना हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। त्यो बीच भलिबल महिलातर्फको सातौं र पुरुषतर्फको आठौं संस्करण हुनेछ। […]