default_image

6 years ago

October 8, 2018

बागलुङमा राष्ट्रिय महिला भलिबल सुरु हुँदै

76 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल प्रतियोगिताको २२ औं संस्करण मंगलबार बागलुङमा सुरु हुदैछ । ३ विभागिय टोली र ७ प्रदेश गरि १० टोलीको सहभागितामा प्रतियोगिता असोज २७ गते सम्म चल्नेछ ।

फाइल तस्बिर

नेपाल भलिबल संघको आयोजना तथा बाग्लुङ जिल्ला भलिबल संघको व्यवस्थापन रहेको प्रतियोगितालाई गल्कोट नगरपालिकाले ८  लाख रुपैयाँ सहयोग गरेको बागलुङ जिल्लासंघका अध्यक्ष यमवहादुर श्रीसले जानकारी दिए ।

लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । संघले यो प्रतियोगिताबाट राष्ट्रिय टोलीका लागि २४ खेलाडीको छनोट गरिने बताइएको छ ।

प्रतियोगिताको विजेताले ५०, दोस्रोले ३० र तेस्रोले २० हजार पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै उत्कृष्ट स्पाइकर, सर्भर, लिबेरो, सेटर र ब्लकरलाई समान ५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताका लागि गल्कोट स्पोर्टस् क्लब जापान र गल्कोट समाज जापानले २ लाख ५० हजार सहयोग गरेको बताइएको छ । त्यस्तै बागलुङ समाज दक्षिण कोरियाले पनि १ लाख रुपैयाँ सहयोग गरेको बताइएको छ ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.