default_image

6 years ago

October 5, 2018

जापानमा दशैं कप फुटसल हुने

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– जापानको फुकुओकमा नेपाली समुदायबीच तेस्रो दशैं कप फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । ओहासी ग्रुपले विदेशी भूमिमा रहेका नेपालीबीच आपसी मेलमिलाप र भाइचार अभिबृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता शनिबार फुकुओक सी हकता कु इसोदाको पेनास्ता हकता खेल मैदानमा हुनेछ । एक दिने प्रतियोगितामा २० टोलीको सहभागिता रहने क्युएनआरएनका अध्यक्ष लक्षमण बानियाँले बताए । सहभागी टोलीलाई ४ समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गराइनेछ ।

प्रतियोगिताको विजेताले ३ लाख २० हजार, दोस्रो हुनेले १ लाख ५० हजार जापानिज येन प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकता र फेयर प्ले टोलीलाई पनि पुरस्कृत गरिने बताइएको छ । अघिल्ला दुवै संस्करण श्री गणेश खुकुरी एसफसीले जितेको थियो ।

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 24, 2025

दावालाई क्योकुशिन तेजुका करातेमा रजत

काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।

Success

Thank you for your time.