6 years ago
October 3, 2018
काठमाडौं (हाम्रो खेलकुद)– चितवन टाइग्रेसकी कप्तान मन्जु गुरुङले आदी आबादी महिला भलिबल लिगमा विदेशी खेलाडीबाट प्रशस्त सिक्ने अवसर मिलेको बताएकी छिन् ।
नेपाल एपिएफ क्लबलाई हराउँदै बुधबार लिग जितेपछि मञ्जुले टोलीमा समावेश गरिएका विदेशी खेलाडीको उच्च प्रदर्शन र प्रेरणबाटै आफ्नो टोली च्याम्पियन बन्न सफल भएको बताइन् ।
‘लिग र सेमिफाइनलमा भन्दा फाइनल खेलमा टिमको प्रदर्शन संगठित देखियो । यही संगठित प्रदर्शनले नै हामी सर्वाधिक धनराशीको लिगको च्याम्पियन बन्न सफल भयौं, मञ्जुले भनिन्, आज सबै पक्ष स्पाइक, ब्लक र रिसिभ सबैमा राम्रो रह्यो । हामीले तीन अमेरिकी खेलाडीबाट धेरै सिक्ने मौका पायौं ।’
राष्ट्रिय खेलकुद परिष्द (राखेप) को त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको फाइनलमा चितवनले एपिएफलाई २५–२०,२५–१७ र २५–११ को सोझो सेटमा पराजित गरेको थियो । विजेता चितवनले ६ लाख र एपिएफले ३ लाख रुपैयाँ प्राप्त गर्यो ।
विदेशी खेलाडीका बारेमा राष्ट्रिय टोलीकी उपकप्तान समेत रहेकी मन्जुले भनिन्, ‘विदेशी खेलाडीसँग खेल्दा हामीलाई निकै सहज भयो ।उनीहरुबाट खेलमा दबाव विहीन भएर खेल्न सिक्यौ । यसरी नै विदेशी खेलाडीसँग खेल्ने अवसर पाए नेपालको भलिबल स्तर माथि उठ्नेछ । टोलीलाई जिताउन महत्वपूर्ण योगदान गरेकी चितवनकी अरुणा शाही लिगकी सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]