6 years ago
October 3, 2018
काठमाडौं (हाम्रो खेलकुद)– चितवन टाइग्रेसकी सेटर अरुणा शाही आबदी अबादी महिला भलिबल लिग (एभीएल) को सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् ।
नेपाल एपिएफलाइ बुधबार फाइनलमा हराउँदै चितवनलाई भलिबल लिगको उपाधि दिलाउन महत्वपूर्ण भुमिका निर्वाह गरेकी उनी सर्वोत्कृष्ट खेलाडी घोषित भइकी हुनु । पश्चिमाञ्चल टिमकी महत्वपूर्ण सदस्य अरुणा पछिल्लो समय सेटरको रुपमा देखिएकी छिन् ।
काँधमा चोट लागेका कारण पुनरागमनपछि ओपन स्पाइकर अरुणा पछिल्लो समय सेटरको रुपमा देखिएकी छिन् । गत जेठमा भएको एनभिए क्लब लिग भलिबलमा पनि अरुणाले न्यु डायमन्ड एकेडेमीबाट सेटरको भुमिका निभाएकी थिइन् ।
अरुणाले एक थान टिभिएस स्कुटीका साथै र ५० हजार रुपैया प्राप्त गरिन् । उनलाई नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्माले चेक तथा स्कुटीको चावी हस्तान्तरण गरे । फाइनलमा चितवनले एपिएफलाई २५–२०,२५–१७ र २५–११ को सोझो सेटमा पराजित गरेको थियो ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]