6 years ago
October 2, 2018
काठमाडौं (हाम्रो खेलकुद)– विभागीय त्रिभुवन आर्मी क्लबकी विमला श्रेष्ठ र पुनम रावल अर्को महिना भारतमा आयोजना हुने विश्व महिला बक्सिङ प्रतियोगिताका लागि छनोट भएकी छन् ।
विश्व महिला बक्सिङ च्याम्पियनसिप अन्र्तगत राजधानीमा मंगलबार भएको छनोटको फाइनल खेलमा आर्मीकी विमलाले ५१ केजी तौल समूहमा आफ्नै क्लबकी मिनु गुरुङलाई ५–० को अंकको आधारमा पराजित गर्दै छनोट हुन सफल भएकी हुन् ।
दुई दिनसम्म चलेको छनोटको ६० केजी तौल समूहमा पुनम रावलले एपीएफकी संगीता सुनारलाई ३–२ को प्रतिस्पर्धात्मक खेलमा पराजित गर्दै छनोट हुन सफल भएकी हुन् ।
आाइवा विश्व महिला बक्सिङ च्याम्पियनसिप भारतको नयाँ दिल्लीमा आगामी नोभेम्बर १४ देखि २५ सम्म हुँदैछ ।
यसैबीच पुनम र बिमलालाई खेलकुद प्रवद्धन संस्थाका पुस्करराज पन्त र बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरको विमदा र पुनमलाई नगद ५–५ हजारले प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]