6 years ago
October 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) –त्रिभुवन आर्मी क्लबकी विमला श्रेष्ठ र नेपाल एपीएफ क्लबकी मिनु गुरुङ राजधानीमा जारी विश्व महिला बक्सिङ प्रतियोगिताको लागि भएको छनोट खेलको फाइनलमा प्रवेश गरेकी छन् ।
सातदोबाटोस्थित बक्सिङ हलमा सोमबार भएको छनोट प्रतियोगिताअन्तर्गत महिला ५१ केजी तौल समूहको सेमिफाइनलमा आर्मीकी विमलाले एपीएफकी नन्जा बुढामगरलाई अंककै आधारमा पराजित गर्दै फाइनलमा प्रवेश गरिन् । उनले नन्जामाथि ५–० को सहज जित निकालेकी थिइन् ।
सोमबारनै भएको पहिलो सेमिफाइनलमा एपीएफकी मिनुले मकवानपुरकी सन्जु माया थिङलाई अंकका आधारमा हराइन् । एकपक्षीय खेलमा मिनु ५–० ले विजयी भएकी थिइन् । भारतको नयाँदिल्लीमा आगामी कात्तिक २९ गतेदेखि हुने प्रतियोगिताका लागि खेलाडी छनोट गर्नका लागि नेपाल बक्सिङ संघले प्रतियोगिता संचालन गरेको हो ।
विश्व महिला बक्सिङ प्रतियोगितामा नेपालले दुई तौल समूहमा सहभागिता जनाउने छ । ५१ र ६० केजी मुनिमा एक एक जना खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । ६० केजीमा सहभागिता जनाउनका लागि आर्मीकी पुनम रावल र एपीएफकी संगीता सुनारबीच प्रतिस्पर्धा हुनेछ ।
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]
February 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]