6 years ago
October 1, 2018
काठमाडौं (हाम्रो खेलकुद)– लुम्बिनी एकेडेमीले प्रथम प्याब्सक प्रिन्सिपल फुटसल कपको उपाधि जितेको छ । चुच्चेपाटीस्थित लुम्बिनी एकेडेमीको फुटसल मैदानमा भएको फाइनलमा पायोनियरलाई पेनाल्टी सुटआउटमा हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।
निर्धारित समय १–१ को बारबरुमिा टुंगिएपछि पेनाल्टीमा लुम्बिनीले बाजी मारेको थियो । ज्ञान प्रकाश एकेडेमीले प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेको थियो ।
निजी तथा आवासिय विद्यालय एसोसियन नेपाल (नेसनल प्याब्सन) का अध्यक्ष रितुराज सापकोटा आयोजक निजी तथा आवासिय विद्यालय संगठन (प्याब्सक) का अध्यक्ष बालकुमार गुरुङ, प्याब्सक काठमाडौं विष्णु पराजुलीलगायतले विजेता, उपविजेता टोलीका खेलाडलाई पुरस्कृत गरे ।
एक दिने प्रतियोगितामा उपत्यकाका २१ विद्यालयको सहभागिता रहेको थियो ।
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]
February 24, 2025
हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।