6 years ago
September 30, 2018
काठमाडौं (हाम्रो खेलकुद)-उपाधिको प्रवल दावेदार टोलीको रुपमा रहेको न्यु डायमन्ड एकेडेमी विभागीय त्रिभुवन आर्मी क्लबमाथि सघर्षपूर्ण जित निकाल्दै आदीअवादी महिला भलिबल (एभीएल) लिगको सेमिफाइनलमा स्थान बनाएका छन् ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आइतबार भएको खेलमा डायमन्डले आर्मीमाथि ३–२ को संघर्षपूर्ण जित निकाल्दै समूहको एक खेल अगावै लिगको सेमिफाइनलमा पुग्न सफल भएको हो ।
पहिलो सेटमा २५–१५ को सहज जित निकालेपनि डायमन्डले त्यसपछिको दुवै सेट २२–२५ र १८–२५ ले गुमाएको थियो । खेलमा २–१ ले पछि परेपछि डायमन्डले आफ्नो उच्च प्रदर्शन गर्दै चौथो सेटमा २५–२२ को जित निकाल्दै खेललाई २–२ सेटको बराबरीमा ल्याउन सफल भयो । निर्णायक सेट १५–११ ले आफ्नो पक्षमा पार्दै डायमन्डले आर्मीमाथि ३–२ को सघर्षपूर्ण जित निकाल्न सफल भयो ।
आर्मीमाथि संघर्षपूर्ण जित निकालेसँगै न्यु डायमन्डका प्रशिक्षक कुमार राईले विपक्षीको रणनीतिलाई बुझ्न नसक्दा खेल पाँचौ सेटसम्म लम्विन पुगेको बताए । ‘आर्मीले पुरानै लिफ्टरले खेलाउने योजनाले मैदान आएका थियौ । तर, मैदान आउदा आर्मीमा नयाँ लिफ्टर (कृपा अधिकारी) हाम्रै खेलाडीलाई देख्यौं । उनले हामीलाई नचाउन सफल भयो । हामी नाचिरह्यौं ।’ प्रशिक्षक राईले खेलपछि भने, ‘उता विपक्षीको लिफ्टरले नचाइरहने, हाम्रो लिफ्टर चल्नै नसक्दा हामीले शुरुवाती सेट जितेर पनि बाँकी दुई सेट गुमाउन पुग्यौ । नयाँ सेटर शुरुमै टिममा घुलमिल हुन नसक्दा र पछि विस्तारै घुलमिल हुदा सफलता हात पार्न सफल भयौं ।’
लगतार दोस्रो हारपछि त्रिभुवन आर्मी क्लब प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । आर्मी पहिलो खेलमा चितवन टाइग्रेससँग ३–० को सोझो सेटमा पराजित भएको थियो । सेमिफाइनलमा पुगिसकेको डायमन्ड र चितवनबीचको खेलले विजेताको टुङ्गो लगाउनेछ । आइतबारै भएको अर्काे खेलमा विभागीय नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको छ ।
एपीएफले पुलिसलाई २५–१९, २५–२२ र २५–२० को सोझो सेटमा हरायो । समूह बी मा एपीएफ १ खेलबाट र पुलिसले २ खेलबाट समान ३–३ अंक बनाएका छन् । सोमवार एपीएफ र पोखरा पिङ्केजबीचको लिग खेल बाँकी छ । भलिबलको इतिहासमा सर्वाधिक पुरस्कार राखीको एभिएल बिजेताले ६ लाख नगद प्राप्त गर्ने छ । त्यस्तै उपबिजेताले ३ लाख र तेश्रो हुनेले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गर्ने छन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]