7 years ago
September 30, 2018
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली ब्याडमिन्टनका उदियामान युवा खेलाडी प्रिन्स दाहाल दुवईं जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज अन्तर्गतको यु–१५ पुरुष एकलमा च्याम्पियन बनेका छन् ।
प्रिन्सले आइतबार इन्डोनेसियाका खेलाडी क्रिस्टियन अगस्टिनसलाई २–० को सोझो सेटमा पराजित गर्दै सिजिजको यु–१५ ब्वाइजतर्फ च्याम्पयन बन्न सफल भएका हुन् । दुवई इन्टरनेसन ब्याडमिन्टन सिरिजमा च्याम्पियन बनेसँगै प्रिन्सले नेपालको ब्याडमिन्टन इतिहासमा नयाँ इतिहास काय गरेका छन् ।
यसअघि सिनियरतर्फ दिपेश धामी र शोभा गौचनको जोडीले गतवर्ष पाकिस्तानमा भएको पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा स्वर्ण पदक जितेको थियो ।
प्रिन्सले इन्डोनेसियाका खेलाडीलाई पराजित गर्न लामो समय खर्चिएनन् । एकपक्षीय बनेको खेलमा प्रिन्सले शुरुवातदेखि नै आक्रमक खेल खेल्दै पहिलो सेटमा २१–११ को सहज जित निकालेको थियो । दोस्रो सेटमा पनि प्रिन्स २१–११ ले विजयी हुन सफल भयो ।
सिरिजमा सहभागिता जनाउने उनी एक्ला नेपाली खेलाडी हुन् । उनले खेल तालिकामा पहिलो सिड प्राप्त गरेका थिए । बुधबारबाट शुरु भएको सिरिजमा इन्डोनेसिया, भारत, पाकिस्तान, स्वीडेन, इंग्ल्यान्ड, केन्या, इजिप्ट, युएईं साउदी अरब, बहराइन, अल्जेरया जस्ता राष्ट्रका खेलाडीहरुको सहभागिता रहेको छ ।
प्रिन्स गत साता मात्रै तेस्रो संस्करणको जेस्ट ब्याडमिन्टनमा यु–१५ पुरुषतर्फ च्याम्पियन बनेको थियो उनी पुरुष सिंगल्र्समा पनि सेमिफाइनलमा पुग्न सफल भएको थियो ।
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]