6 years ago
September 29, 2018
काठमाडौं(हाम्रो खेलकुद)- चितवन टाइगर्स र विभागीय नेपाल पुलिस क्लबले राजधानीमा शनिबारबाट शुरु भएको आदीअवादी महिला भलिबल (एभीएल) प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिबार भएको उद्घाटन खेलमा विदेशी खेलाडी सम्मिलित चितवन टाइगर्सले विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको हो । पहिलो र तेस्रो सेटमा आर्मीले उत्कृष्ट प्रदर्शन गरेपनि कुनै पनि सेट आफ्नो पक्षमा पार्न सकेन ।
चितवन टाइगर्सले २५–२१, २५–१३ र २५–२२ को सेटमा जित निकाल्यो । चितवनले पश्चिमाञ्चलकी मन्जु गुरुङको कप्तानीमा तीन अमेरिकन खेलाडी कोर्टमा उतारेको थियो । त्यस्तै पश्चिमाञ्चलकी अरुणा शाहीले सेटरको नया भूमिकामा चितवन टाइगर्सको सदस्य बनेकी छन् । नेपाल आर्मीमा भने न्यु डायमण्डबाट खेल्दै आएकी सेटर कृपा अधिकारी नयाँ खेलाडीको रुपमा कोर्टमा उतारे पनि अन्य खेलाडी पुरानै थिए ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको दोस्रो खेलमा पुलिसले पोखरा पिङकेजलाई २५–१३, २५–१४ र २५–११ को सोझो सेटमा हरायो । नेपाल भलिबल संघ र आदीअवादी फाउन्डेसनको आयोजनामा अश्विन १७ गते सम्म संचालन हुने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्टले उद्घाटन गरेका थिए ।
लिगकम नकआउटका आधारमा संचालन हुने प्रतियोगितामा सहभागि टिमलाई दुई समूहमा बिभाजन गरिएको छ । न्यु डायमण्ड, चितवन टाईगर्स र आर्मी समूह ‘ए’ छन् । एपीएफ, पुलिस र पोखरा पिङ्केज समूह ‘बी’ मा रहेका छन् ।
भलिबलको इतिहासमा सर्वाधिक पुरस्कार राखीको एभिएल बिजेताले ६ लाख नगद प्राप्त गर्ने छ । त्यस्तै उपबिजेताले ३ लाख र तेश्रो हुनेले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गर्ने छन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]