6 years ago
September 27, 2018
काठमाडौं(हाम्रो खेलकुद)- विभागीय नेपाल एपीएफ क्लबका टंक अवस्थी र विजय थापाको जोडी राजधानीमा जारी ओप्स टु ‘ए’ साइड पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहिबार भएको प्रि–क्वाटरफाइनल खेलमा टंक र विजयको जोडीले बुढानिलकन्ठ भलिबल क्लबका सन्जय बुढाथोकी र विजय बस्नेतको जोडीलाई २–१ को सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएका हुन् ।
टंक र विजयले पहिलो सेटमा २१–१४ को सहज जित निकालेपनि दोस्रो सेट ९–२१ ले गुमाएको थियो । तर, तेस्रो सेटमा २१–११ को जित निकाल्न सफल भयो । बिहिबारै भएको अर्काे खेलमा ढोरपाटन क्लबमा मनवीर छन्त्याल र सोभित ानाको जोडीले गीतान्जली कलेजका मनिस मल्ल र अमृत केसीको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाए ।
मनवीर र सोभितको जोडीले २१–१५ र २१–१२ को सहज जित निकाल्यो । यस्तै आर्मीका दिल सुनार र प्रकाश थापाको जोडी र मिडल्यान्ड स्कुलका होम पुन र कुन्दन शाहीको जोडीले पनि क्वाटरफाइनलमा स्थान बनाए ।
दिल र प्रकाशको जोडीले नेपाल छन्त्याल संघका इन्द्र छन्त्याल र खिम छन्त्यालको जोडीलाई २१–१७ र २१–१४ को सेटमा तथा होम र कुन्दनको जोडीले सन्तोष मगर र लेखनाथ श्रेष्ठको जोडीलाई २१–१६ र २१–४ को सोझो सेटमा पराजित गर्दै अन्तिमा आठमा पुग्न सफल भए । बाँकी चार प्रि–क्वाटरफाइनल र क्वाटरफाइनलका खेल शुक्रबार हुने आयोजक ढोरपाटन क्लबले जनाएको छ ।
प्राविधिक कारणले महिलातर्फको खेल आयोजना गराउन नसकिएको ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी गराए । अर्गानाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को मुख्य प्रायोजनमा ढोरपाटन क्लबको आयोजनामा भएको प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको छ ।
नकआउटका आधारमा भएको प्रतियोगिता १३ असोजसम्म चल्नेछ । प्रतियोगिताको पुरुषतर्फको विजेताले ४० हजार रुपैया प्राप्त गर्नेछ । दोस्रो हुनेले २० हजार तथा तेस्रो हुनेले ५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । टिकट काटेर खेल हेर्न आउने एक उत्कृष्ट दर्शकले एक थान युएम मोटरसाइकल प्राप्त गर्नेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]