default_image

7 years ago

September 26, 2018

प्रेरणा र निक टेनिस च्याम्पियन

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-प्रेरणा कोइराला र निक रासट्रप तेस्रो वर्सेटेनर ललितपुर जिल्ला राष्ट्रिय टेनिस प्रतियोगिताको च्याम्पियन बनेका छन् । प्रेरणा महिला एकलतर्फ र निक पुरुष एकलतर्फ च्याम्पियन बनेका हुन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार भएको खेलमा प्रेरणाले साविकको विजेता माहिका राणालाई २–१ को सेटमा पराजित गर्दै च्याम्पियन बनिन् । पहिलो सेट ६–० को सोझो सेटमा गुमाएपनि प्रेरणाले त्यसपछिको दुवै सेटमा प्रेरणाले उच्च प्रदर्शन गर्दै ६–३ र ६–२ को सहज जित निकाल्न सफल भइन् ।

पुरुष एकलतर्फ निकले जितेन्द्र परियारलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भए । निकले पनि पहिलो सेट ४–६ ले गुमाए । तर, त्यसपछिको दुवै सेटमा निक हावी बने । प्रतिस्पर्धात्मक दोस्रो सेटमा निकले ७–५ को संघर्षपूर्ण जित निकाल्दा तेस्रो सेटमा ६–३ को सहज निकाल्न सफल भए । यो उनको पहिलो उपाधिसमेत हो ।

April 22, 2025

शेरबहादुर स्मृति राष्ट्रिय महिला भलिबलको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद )-  शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने केएनपी नेरोलेक आठौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार सुरु हुँदैछ । सहभागी ५ टोलीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूह ‘बी’ मा […]

April 22, 2025

मणिमुकुन्द कप भलिबल- पुलिसको दोस्रो जित

सुमन अधिकारी, बुटवल विभागिय टोली नेपाल पुलिस क्लबले बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल च्याम्पियनसिपमा दोस्रो खेलमा पनि जित हात पारेको छ । एपिएफ भने दोस्रो खेलमा पनि पराजित भएको छ । मणिमुकुन्द भलिबल क्लबले आयोजना गरेको प्रतियोगिताको चौथो दिन मंगलवार भएको समूह एमा‌ आयोजक मणिमुकुन्दले एपिएफलाई ३-० को सोझो सेटमा पराजित भएको हो […]

April 21, 2025

सिड्नीमा अर्काे साता तोरनल्ह रनिङ कप भलिबल

सिड्नी (हाम्रो खेलकुद) – थकाली सेवा समिति अष्ट्रेलियाको आयोजनामा अर्काे साता नवौं तोरनल्ह भलिबल रनिङ कप २०२५ आयोजना हुने भएको छ । एक दिने तोरनल्ह भलिबल रनिङ कप लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा अप्रिल २७ तारिख अर्थात बैशाख १४ गते आइतबार हुनेछ । थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो समुदायको महान पर्व तोरनल्ह (फागु पुर्णिमा) को अवसरमा […]

Success

Thank you for your time.