7 years ago
September 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो नेपाल स्ट्रोङगेस्ट सुनिल लाल जोशी मेमोरियल भारोत्तोलन कम्पिटिसन अर्काे साता ललितपुरमा हुने भएको छ । काठमाडौं जिल्ला भारोत्तोलन संघले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करणको दोस्रो नेपाल स्ट्रोङगेस्ट सुनिल लाल जोशी मेमोरियल भारोत्तोलन च्याम्पियनसिज असोज १७ र १८ गते दुई दिन ललितपुरमा हुने जानकारी गराएको हो ।
राष्ट्रिय स्तरको प्रतियोगितामा तीन विभागीय टोली र जिल्लाका खेलाडीहरुको सहभागिता रहनेछ । प्रतियोगितामा सिनियर र जुनियरमा गरी ३० वटा तौल समूहमा करिव १ सय जना खेलाडीले प्रतिस्पर्धा गर्नै काठमाडौं जिल्ला भारोत्तोलन संघका अध्यक्ष विजेन्द्र विक्रम शाहले पत्रकार सम्मेलनमा जानकारी गराए ।
पुरुषतर्फ ५६, ६२, ६९, ७७, ८५, ९४, १०५ र १०५ केजीभन्दा माथि प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ४८, ५३, ५८, ६३, ६९, ७५ र ७५ केजीभन्दा माथि प्रतिस्पर्धा हुनेछ । कम्पिटिसन अग्नि ब्याङ्क्वेट कुमारीपाटी ललितपुरमा हुनेछ । प्रतियोगितामा सबैभन्दा बढी भार उठाउने खेलाडीले दोस्रो नेपाल स्ट्रोङगेस्ट पुरुष–२०१८ को उपाधिसहित नगद प्राप्त गर्नेछ ।
महिलातर्फ पनि सबैभन्दा बढी भार उठाउने खेलाडीले दोस्रो नेपाल स्ट्रोङगेस्ट महिलाको उपाधि जित्नेछ । यस्तै प्रतियोगिताको सिनियरतर्फ उत्कृष्ट हुने पुरुष खेलाडीले बेस्ट लिफ्टरको उपाधि जित्नेछ । महिलातर्फ पनि उत्कृष्ट खेलाडीलाई बेस्ट लिफ्टरको उपाधि जित्नेछ । अन्य तौल समूहको विजेताले पनि पुरस्कार प्राप्त गर्नेछ । राष्ट्रिय कीर्तिमान बनाउने खेलाडी नगदसहित पुरस्कृत हुनेछ ।
जुनियरतर्फको पनि उत्कृष्ट पुरुष र महिला खेलाडीले बेस्ट लिफ्टरको उपाधि जित्नेछ । उदियमान महिला तथा पुरुष खेलाडी पुरस्कृत हुने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनको लागि करिव ५ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।
नेपाल भारोत्तोलन संघ, राष्ट्रिय खेलकुद परिषदबाट सहयोग जुटेको र अपुगर रकम प्रायोजकहरुबाट पुरा गरिने अध्यक्ष विजेन्द्र विक्रम शाहीले जानकारी गराए । भारोत्तोलन खेलबाट सुनिलले थुपै्र अन्तर्राष्ट्रिय पदक दिलाएका थिए । भारोत्तोलनको पूर्वप्रशिक्षक समेत रहेका सुनिल लाल जोशीको २०७४ असार ११ गते ५२ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो ।
April 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। यो प्रतियोगितामा पुलिस पहिलो पटक च्याम्पियन बनेको हो। राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको फाइनल खेलमा ६ पटकको च्याम्पियन सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३-० को सोझो सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो। एपिएफ विरुद्ध पुलिसले सुरुवात बाटै […]
April 26, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा नेपाली महिला राष्ट्रिय भलिबल टोलीका सदस्यद्धय प्रतिभा माली र सरस्वती चौधरीको टोलीबीच मैत्रीपुर्ण (च्यारिटी) खेल हुने भएको छ । थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो नवौं तोरनल्ह भलिबल रनिङ कप २०२५ दौरान यो च्यारिटी खेललाई समावेश गरेको हो । नेपाली महिला भलिबलको चर्चित टिपटप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबको आवासीय […]
April 26, 2025
पोखरा (हाम्रो खेलकुद)- एसिया कप ट्राइयाथलन कपको पुरुष तर्फ अष्ट्रियाका पिटर लुफतेन्सटेनर र महिला तर्फ कोरियाकी गियोङ्गमिन पार्कले उपाधि जितेका छन् । पोखराको फेवा लेकमा भएको प्रतियोगितामा शनिवार पिटरले ७ सय ५० मिटर पौडी, २० कि.मि. साईक्लिङ्ग र ५ कि.मि. दौड ५३ मिनट ४५ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । इजरायलका इतामर लेभाननले ५३ […]