7 years ago
September 26, 2018
काठमाडौं(हाम्रो खेलकुद)- विभागीय नेपाल एपीएफ क्लब र नेपाल छन्त्याल संघले राजधानीमा आजबाट शुरु भएको ओप्स टु ‘ए’ साइड पुरुष तथा महिला बलिभलमा विजयी शुरुवात गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बुधबार भएको पहिलो खेलमा एपीएफले मिठि खोला गाउपालिका बाग्लुङलाई ३–१ को सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
एपीएफका टंक अवस्थी र विजय थापाको जोडीले मिठिखोलाका ओम प्रकाश जिसी र सुर्य छन्त्यालको जोडीलाई २१–१६, १५–२१ र २२–२० ले पराजित ग¥यो । बुधबारै भएको अर्काे खेलमा नेपाल छन्त्याल संघले थ्री स्टार एकेडेमीमाथि २–० को सहज जित निकाल्दै दोस्रो चरणमा पुग्न सफल भयो ।
छन्त्यालका महेन्द्र छन्त्याल र देवेन्द्र श्रीषको जोडीले थ्री स्टारका विकास गुरुङ र विशाल गुरुङको जोडीलाई २१–१२ र २१–१५ को जित निकाल्न सफल भयो । यस्तै बुढानिलकन्ठले काभ्रे जिल्ला भलिबल संघलाई २१–१६, १८–२१ र २१–६ ले पराजित गर्दै दोस्रो चरणमा पुग्न सफल भए । मिडलयान्ड स्कुलले न्युटन स्कुलमाथि २१–१८ र २१–१० को सहज जित निकाल्यो ।
अर्गानाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को मुख्य प्रायोजनमा ढोरपाटन क्लबको आयोजनामा भएको प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको छ । नकआउटका आधारमा भएको प्रतियोगिता १३ असोजसम्म चल्नेछ । महिलातर्फ बिहिबार मात्रै टुंगो लाग्ने क्लबले जनाएको छ ।
प्रतियोगिताको पुरुषतर्फको विजेताले ४० हजार रुपैया प्राप्त गर्नेछ । दोस्रो हुनेले २० हजार तथा तेस्रो हुनेले ५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । महिलातर्फको विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार पाउनेछ । टिकट काटेर खेल हेर्न आउने एक उत्कृष्ट दर्शकले एक थान युएम मोटरसाइकल प्राप्त गर्नेछ ।
April 22, 2025
काठमाडौं (हाम्रो खेलकुद )- शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने केएनपी नेरोलेक आठौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार सुरु हुँदैछ । सहभागी ५ टोलीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूह ‘बी’ मा […]
April 22, 2025
सुमन अधिकारी, बुटवल विभागिय टोली नेपाल पुलिस क्लबले बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल च्याम्पियनसिपमा दोस्रो खेलमा पनि जित हात पारेको छ । एपिएफ भने दोस्रो खेलमा पनि पराजित भएको छ । मणिमुकुन्द भलिबल क्लबले आयोजना गरेको प्रतियोगिताको चौथो दिन मंगलवार भएको समूह एमा आयोजक मणिमुकुन्दले एपिएफलाई ३-० को सोझो सेटमा पराजित भएको हो […]
April 21, 2025
सिड्नी (हाम्रो खेलकुद) – थकाली सेवा समिति अष्ट्रेलियाको आयोजनामा अर्काे साता नवौं तोरनल्ह भलिबल रनिङ कप २०२५ आयोजना हुने भएको छ । एक दिने तोरनल्ह भलिबल रनिङ कप लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा अप्रिल २७ तारिख अर्थात बैशाख १४ गते आइतबार हुनेछ । थकाली सेवा समिति अष्ट्रेलियाले आफ्नो समुदायको महान पर्व तोरनल्ह (फागु पुर्णिमा) को अवसरमा […]