default_image

7 years ago

September 22, 2018

क्यानाडामा राजुलाई कांस्य

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राजु नगरकोटीले क्यानाडा ओपन जी वान अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेका छन् । क्यानाडाको भ्यानकुभरस्थित रिच्मन्ड ओलम्पिक ओभलमा भएको प्रतियोगिताको ५० वर्षमुनि पुरुष एकल पुम्सेमा राजुले कांस्य जितेको राष्ट्रिय खेलकुद परिषद्ले जानकारी दिएको छ ।

राजु सहभागी स्पर्धामा ९ राष्ट्रका खेलाडी सहभागी थिए । नुवाकोट स्थायी घर भएका राजु विगत १७ वर्षदेखि मकाउमा कार्यरत छन् । राजु नेपाल आर्मीका छैटौं ब्याचका तेक्वान्दो खेलाडी हुन् ।

राजुले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर नेपाल राष्ट्रको झन्डा फरफराउन पाउँदा खुशी लागेको बताउदै आगामी दिनमा पनि राष्ट्रका लागि अझ धेरै पदक जित्न प्रयासरत रहने बताए ।

March 31, 2025

एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड यसै महिना हुने

काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]

March 31, 2025

अस्ट्रेलियामा गल्कोट कप भलिबल हुँदै

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]

March 24, 2025

घोडचढी संघलाई सम्झौता पालना नगरेकोमा ओसिएको पत्र

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]

Success

Thank you for your time.