7 years ago
September 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी एकेडेमी कलेज चुच्चे पाटीले लुम्बिनी फुटसल एकेडेमीको विधिवत सुरुवात गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले शुक्रबार एकेडेमीको उद्घाटन गरेका थिए ।
सोही अवसरमा लुम्बिनी फुटसल मैदानको पनि उद्घाटन गरिएको थियो । फुटसल एकेडेमी र फुटसल मैदान तयार पार्न झन्डै ४५ लाख रुपैयाँ खर्च भएको कलेजका प्रबन्ध निर्देशक एवंम् प्रिन्सिपल रविनचन्द्र कोइरालाले जानकारी दिए ।
एकेडेमीमा चावहेल, कपन,बौद्ध आसपासका ४८ खेलाडीले अहिले नियमित फुटसल प्रशिक्षण गरिरहेका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ कलेजको फुटसल निर्देशक हुन् । उनलाई कलेजले गत वर्ष आफ्नो एम्बासडर नियुक्त गरेको थियो । खेलाडी उत्पादन र प्रतियोगिता आयोजनाले देशकै फुटबललाई फाइदा पुग्ने अनिलको विश्वास रहेको छ ।
कलेजको आयोजनामा शुक्रबारबाटै लुम्बिनी फुटसल प्रिमियर लिग सुरु भएको छ । प्रतियोगितामा ब्वाइजतर्फ ३१ र गल्र्सतर्फ ९ टोलीको सहभागिता रहेको छ । आन्तरिक फुटसल प्रतिस्पर्धा झन्डै ४ महिना चल्ने बताइएको छ ।
April 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नुवाकोटमा अर्को साता बागमति प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ। नुवाकोट जिल्ला खेलकुद विकास समितिको आयोजनामा वैशाख १३ गते देखि १५ गते सम्म शनिवार पत्रकार सम्मेलन जानकारी दिइयो । प्रतियोगितामा वरीयताको शीर्ष २० का खेलाडी रहने मेन्स डबल्स , भेट्रान्स ४० वर्ष माथि, ओपन मेन्स डबल्स ( जिल्ला) […]
April 18, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा प्रथम राईनो मुवाथाई च्याम्पियनसिप हुने भएको छ । राईनो मुवाथाई जिम फिटनेश सेन्टरको आयोजनामा शनिवार प्रतियोगिता हुन लागेको हो । राईनो मुवाथाईमा हुने प्रतियोगिता बिहान १० बजे सुरु हुने प्रतियोगिता संयोजक बिगेन दराईले जानकारी दिए । प्रतियोगितामा देशभरबाट १५ टोली सहभागी हुने दराईले बताए । उनीहरुले विभिन्न २० विधामा प्रतिस्पर्धा […]
April 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- बन्दी सहायता नियोग (पाम) ले नेकोस सातौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको उपाधि शुक्रवार जितेको छ । २२ स्पर्धा समावेश सातौं संस्करणमा पाम सर्वाधिक ११ स्वर्ण, ४ रजत र ४ कांस्य पदक जित्दै च्याम्पियन बन्यो हो । पहिलो दिन ७ स्वर्ण जितेको पामले दोश्रो दिन ४ स्वर्ण थप्यो । नेपाल खेलकुद महासंघ (नेकोस) […]