default_image

7 years ago

September 19, 2018

एपीएफ समूह विजेता बन्दै क्वाटरफाइनलमा

76 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद)- उपाधिको दावेदार विभागीय टोली नेपाल एपीएफ क्लब राजधानीमा जारी पाँचौ ढोरपाटन एम–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

एपीएफ समूह ‘बी’ को विजेता बन्दै अन्तिम आठमा पुग्न सफल भएको हो । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा एपएफले सुर्योदय कलेजलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पहिलो सेटमा २५–४ को सहज जित निकालेको एपीएफले दोस्रो र तेस्रो सेटमा दोस्रो रोजाइको खेलाडी उतारेपनि २५–१४ र २५–१० को सहज जित निकाल्यो । अपराजित रहेको एपीएफले ३ खेलबाट ९ अंक जोड्यो ।

बुधबारै भएको अर्काे खेलमा मन्डली स्पोर्टस् क्लब पाल्पाले चितवन टाइगरलाई ३–१ को सेटमा पराजित गर्दै समूह ‘डी’ बाट उपविजेताको रुपमा क्वाटरफाइनलमा पुग्न सफल भयो । यो समूहबाट गन्डकी प्रदेशले समूह विजेताको रुपमा अन्तिम आठमा स्थान बनाइसकेको छ । पाल्पाले पहिलो सेट २२–२५ ले गुमाएपनि त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो सेटमा २५–१७ को जित निकालेको पाल्पाले तेस्रो र चौथो सेट २५–२१ र २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

अर्काे खेलमा बाग्लुङको बडिगार्ड गाउपालिकाले ग्ल्यासियर कलेजमाथि २५–२३, २५–१५ र २५–२१ को सहज जित निकाल्दै समूह ‘बी’ बाट उपविजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भयो । आयोजक ढोरपाटन क्लबले बेल्कु धादिङबाट तथा बुढानिलकन्ठले सुर्यदीप कलेजबाट वाकओभर पायो । यससँगै प्रतियोगिताको क्वाटरफाइनल समिकरण पूरा भएको छ ।

समूह ‘ए’ बाट गीतान्जली कलेज र ढोरपाटन क्लब, समूह ‘बी’ बाट एपीएफ क्लब र बडिगार्ड, समूह ‘सी’ बाट थ्री स्टार र बुढालिकन्ठ र समूह ‘डी’ बाट गन्डकी र पाल्पाले अन्तिम आठमा स्थान बनाए । क्वाटरफाइनलका सबै खेलहरु बिहिबार हुनेछ ।
पहिलो क्वाटरफाइनलमा गीतानजली र बुढानिलकन्ठ, एपीएफ क्लब र पाल्पा, थ्री स्टार एकेडेमी र ढोरपाटन तथा गन्डकी प्रदेश र बडिगार्ड गाउपालिाका बीच खेल हुने आयोजक ढोरपाटन क्लबले जनाएको छ । यति ब्रुअरी प्रालिको उत्पादन इनर्जी ड्रिंङ्स एम–१५० ले मुख्य प्रायोजन गरेको प्रतियोगिताको विजेताले १ लाख रुपैया प्राप्त गर्नेछ ।

दोस्रो हुनेले ६० हजार र तेस्रो हुने टिमलाई ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछन् । ब्यक्तिगत विधा अन्तर्गत स्पाईकर, ब्लकर क्वीक डिफेन्डर, सर्भर लिफ्टर र प्रशिक्षकलाई ५ हजार प्रदान गरिने छ । प्रतियोगितामा एक जना दर्शकलाई स्कुटर, ८ जना दर्शकले इजी टिसर्ट र अरु ८ जना दर्शकले डाइमण्ड मोबाइल पाउनेछन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.