7 years ago
September 18, 2018
काठमाडौं (हाम्रो खेलुकद)- गण्डकी प्रदेश र थ्री स्टार एकेडेमी राजधानीमा जारी पाँचौ ढोरपाटन एम–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको समूह विजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गण्डकीले समूह चरणको अन्तिम खेलमा पाल्पालाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘डी’ विजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भएको हो । थ्री स्टार समूह ‘सी’ बाट विजेताको रुपमा क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा मंगलबार भएको खेलमा गण्डकीले पहिलो सेटमा २५–१४ को जित निकाल्यो । दोस्रो सेटमा पनि २५–१५ को सहज जित निकालेको गण्डकीले तेस्रो सेटमा २५–१९ को जित निकाल्यो । समूहमा तीन खेलबाट ९ अंक जोड्यो ।
यो समूहबाट एक टोलीको टुङ्गो लाग्न बाँकी छ । मंगलबारै भएको पहिलो खेलमा पाल्पाले धादिङमाथि २५–८, २५–११ र २५–८ को सहज जित निकालेको थियो । यो समुहबाट चितवन टाइगर र पाल्पामध्ये एक टिमले अन्तिम आठमा स्थान बनाउनेछ ।
थ्री स्टारले समूह चरणको अन्तिम खेलमा सुर्यदीप कलेजलाई २५–१६, २५–१३ र २५–१५ ले पराजित गर्दै समूह विजेताको रुपमा अन्तिम आठमा स्थान पक्का ग¥यो । वडिगार्ड गाउपालिकाले सुर्योदय क्लबमाथि ३–१ कोजित निकाल्यो ।
प्रतियोगिता अन्र्तगत बुधबार समूह चरणका अन्तिम खेलहरु हुनेछ । समूह ‘बी’ को अन्तिम खेलमा सुर्योदय क्लबले एपीएफको सामना गर्नेछ । ढोरपाटन ‘ए’ ले बेल्कु धादिङ, चितवन टाइगरले पाल्पा, सुर्यदीप कलेजले बुढानिलकन्ठ र ग्ल्यासियर कलेजले बडिगार्ड गाउपालिकासँग खेल्नेछ ।
April 24, 2025
हिमाल खरेल,बिर्तामो दोस्रो कोशी प्रदेश खुला गल्फ प्रतियोगिता शनिवार हुने भएको छ । प्रतियोगिता सुनसरीस्थित धरान गल्फ क्लबको गल्फ कोर्समा हुनेछ । कोशी प्रदेश गल्फ संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको आर्थिक सहयोगमा हुने प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका साथै काठमाडौँ, पोखरा र भारतको सिलिगुडीबाट खेलाडी सहभागी हुने छन् । कोशी प्रदेश […]
April 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीतामा पहिलो खेल जितेर नेपाल पुलिस क्लब समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ। आज राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा टिपटप न्यु डायमण्ड युथ क्लबलाई ३-० को सोझो सेटमा हराएको हो । न्यु डायमण्डले दोस्रो सेटको सुरुवात राम्रो गरेपनि अन्य समयमा चुनौती दिन सकेन । […]
April 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- छ पटकको विजेता सशस्त्र प्रहरी बल (एपिएफ) ले आठौं केएनपी नेरोल्याक राष्ट्रिय महिला भलिबल प्रतियोगीतामा विजयी सुरुवात गरेको छ। राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको उद्घाटन खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हरायो। खेलको पहिलो सेट केहि प्रतिस्पर्धात्मक बन्यो। जहाँ एपिएफले २५-२० ले पहिलो सेट जित्दै १-० को […]