default_image

7 years ago

September 17, 2018

ढोरपाटन पुरुष भलिबलः गन्डकी प्रदेशको दोहोरो जित

93 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-गन्डकी प्रदेशले राजधानीमा जारी पाँचौ ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा दोहारो जित निकालेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा सोमबार भएको गन्डकीले धादिङ र चितवन टाइगरलाई समान ३–० को सेटमा पराजत गर्दै दोहोरो जित निकालेको छ ।

पहिलो खेलमा धादिङलाई २५–१९, २५–१९ र २५–१४ ले निराश पारेको गन्डकीले अर्को खेलमा चितवन टाइगरलाई २५–२१, २५–१६ र २५–१६ को सोझो सेटमा हरायो । दोहोरो जितसँगै समूह ‘डी’ रहेको गन्डकीले क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

यता गीताञ्जली कलेज समूह ‘ए’ को विजेताको रुपमा पाँचौ ढोरपाटन राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लिगको अन्तिम खेलमा सफलता हात पार्दै तीन खेलबाट ९ अंक बनाउँदै समूह ‘ए’ को विजेता बनेको हो ।

गीताञ्जलीले ढोरपाटन ‘ए’ लाई २६–२४, २६–२४ र २५–१८ को सोझो सेटमा हरायो । सोमबार नै भएका अन्य खेलमा ग्ल्यासियर र बुढानिलकन्ठले सफलता हात पारे । बुढानीलकण्ठले नेपाल छन्त्याल संघलाई २५–१८, २५–२३ र २५–१९ को सोझो सेटमा पराजित ग¥यो ।

ग्ल्यासियरले सूर्योदय कलेजलाई २५–१२, २५–१८ र २५–१४ ले हरायो । यति ब्रुअरी प्रालिको उत्पादन एम–१५० इनर्जि ड्रिङ्सको मुख्य प्रायोजनमा संचालित पाँचौ ढोरपाटन खुला पुरुष भलिबल प्रतियोगितामा १६ टोलीले सहभागिता जनाएका छन् ।

असोज ६ गतेसम्म हुुने प्रतियोगिताका विजेताले १ लाख, उपविजेताले ६० हजार र तेश्रो हुने टोलीले ३५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने छन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.