7 years ago
September 16, 2018
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय नेपाल एपीएफ क्लब र थ्री स्टार एकेडेमी पाँचौं ढोरपाटन एम १५० खुल्ला पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एपीएफ समूह ‘बी’ बाट तथा थ्री स्टार समूह ‘सी’ बाट लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा पुग्न सफल भएका हुन् । दुवै टोलीले समूहमा समान एक खेल खेल्न बाँकी छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आइतबार भएको खेलमा एपीएफले बाग्लुङको बर्डिगार्ड गाउपालिकालाई ३–१ को सेटमा पराजित ग¥यो । पहिलो सेटमा २५–१९ को सहज जित निकालेको एपीएफले दोस्रो सेट २३–२५ ले गुमाएको थियो । तर, त्यसपछि दुवै सेट एपीएफले २५–१४ र २५–१९ को सहज जित निकाल्यो ।
आइतबारै थ्री स्टार एकेडेमीले बुढानिलकन्ठमाथि ३–१ को जित निकाल्दै लगातार दोस्रो जित निकालेको छ । थ्री स्टारले पहिलो र दोस्रो सेट २५–१५ र २५–१२ ले जितेको थियो । तेस्रो सेट १९–२५ ले गुमाएपनि चौथो सेटमा २५–१छ को सहज जित निकाल्यो ।
अर्काे खेलमा नेपाल छन्त्याल संघले सुर्यदीप कलेजमाथि २५–१२, २५–२१ र २५–२२ को सहज जित निकाल्यो । गीतान्जली कलेजले वेल्कु धादिङमाथि २५–१०, २५–५ र २५–१० को सहज जित निकाल्यो । एन्जल हर्टले बेल्कु धादिङबाट वाकओभर पाए ।
प्रतियोगिता अन्तर्गत सोमबार पाँच खेल हुने आयोजकले जनाएको छ । पहिलो खेलमा गन्डकी प्रदेश र धादिङ, नेपाल छन्त्याल र बुढानिलकन्ठ, ढोरपाटन ‘बी’ र ग्ल्यासियर कलेज र गनडकी प्रदेश र चितवन टाइगरबीच खेल हुनेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]