default_image

7 years ago

September 15, 2018

एपीएफ र चितवन टाइगरको विजयी शुरुवात

97 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय नेपाल एपीएफ क्लब र चितवन टाइगरले राजधानीमा आजबाट शुरु भएको पाँचौं संस्करणको ढोरपाटन एम १५० खुल्ला पुरुष भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ छन् । नयाँ बसपार्कस्थत ढोरपाटन क्लबको कोर्टमा शनिबार भएको खेलमा समूह ‘बी’ रहेको एपीएफले ग्ल्यासियर कलेजमाथि ३–० को सहज जित निकाल्दै विजयी शुरुवात गरेको हो ।

एपएिफले ग्ल्यासयमाथि २५–१०, २५–१४ र २५–१४ को सहज जित निकाल्यो । शनिबारै भएको समूह ‘डी’ को खेलमा विदेशी खेलाडी सम्मिलित चितवन टाइगरले धादिङमाथि २५–२२, २५–९ र २५–५ को सहज जित निकाल्यो । चितवन टाइगर अन्तिम समयमा मात्र प्रतियोगितामा समावेश भएको टोली हो । समूह ‘डी’ मा स्प्रिङडेल स्कुलले नाम फिर्ता लिएपछि आयोजकले चितवन टाइगरलाई समावेश गरेको थियो ।

समूह ‘सी’ को खेलमा थ्री स्टार एकेडेमीले नेपाल छन्त्याल संघमाथि ३–१ को रोमाञ्चक जित निकाल्यो । प्रतिस्पर्धात्मक बनेको खेलमा थ्री स्टारले पहिलो सेट २५–१३ ले जितेपनि दोस्रो सेट २३–२३ ले गुमाएको थियो । तर, त्यसपछिको दुवै सेट २५–२२ र २७–२५ को जित निकाल्यो । अर्को खेलमा गीतान्जली कलेजले एन्जल्र्स हर्टमाथि २५–१३, २५–१४ र २५–२० को सहज जित निकाल्यो ।

प्रतियोगिता अन्तर्गत आइतबार पाँच खेल हुने आयोजकले जनाएको छ । पहिलो खेलमा थ्री स्टार र बुढानिलकन्ठ, गीतान्जली बेल्कु धादिङ, नेपाल छन्त्याल र सुर्यदीप कलेज, एपीएफ र बडिगार्ड गाउपालिका बाग्लुङ र बेल्कु घादिङ र एन्जल हर्ट कलेजबीच खेल हुनेछ ।

लिग कम नकआउटको आधारमा भैरहेको खेलमा १६ टिमको सहभागिता रहेको छ । १६ टोलीलाई ४ समूह विभाजन गरिएको छ । हरेक समुहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ । फाइनल खेल ६ असोजमा हुनेछ ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.