default_image

7 years ago

August 28, 2018

एसियाड प्याराग्लाइडिङ: नेपाल पदक नजिक

107 views

0 Bookmark

जातार्ता (एजेन्सी)- १८औं संस्करणको एसियाली खेलकुद अन्र्तगत प्याराग्लाइडिङको क्रस कन्ट्रीमा नेपाली पुरुष टोली पदक नजिक पुगेको छ ।

प्याराग्लाइडिङको टिम क्रस कन्ट्रीतर्फ चौथो चरणको खेल सकिदा नेपाली टोली दोस्रो स्थानमा उक्लदै पदक नजिक पुगेको हो । नेपालको चौथो चरणपछि २७९८ अंक छ । नेपाल भन्दा अघि रहेको जापानको ३२९८ अंक रहेको छ । दक्षिण कोरिया २१९२ अंकसहित तेस्रो तथा तेस्रो चरणको खेल सकिदासम्म शीर्ष स्थानमा रहेको इन्डोनेसिया चौथो स्थानमा झरेको छ ।

बुधबार हुने पाँचौ तथा अन्तिम चरणको खेलमा यही प्रदर्शनलाई निरन्तरता दिन सके नेपालले जारी एसियाडमा पहिलो पदक जित्नेछ । नेपाली टोली पहिलो र दोस्रो चरणको खेल सकिदा नेपाल तेस्रो स्थानमा रहेको थियो । तर, तेस्रो चरणमा नेपाल चौथो स्थानमा झरेको थियो ।

प्याराग्लाइडिङको टिम क्रस कन्ट्रीमा पाँच खेलाडी हुनेछन् । उनीहरुलाई २५ किलोमिटरको टाक्स दिइएको हुन्छ । हरेक खेलाडीले १००० पूर्णांकको टाक्समा प्रतिस्पर्धा गर्नेछन् ।

चौथो चरणको खेलमा नेपालका तीन खेलाडीले टाक्स पूरा गरेका कारण नेपाल दोस्रो स्थानमा उक्लिएको हो । टिममा बिमल अधिकारी, युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र बिशाल थापा छन् । महिलातर्फ भने नेपाली टोली छैटौ स्थानमा यथावत छ ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

March 1, 2025

केभिआर स्टेज रेस च्यालेन्ज – लोकेन्द्र र सोनिमा विजेता

काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

Success

Thank you for your time.