default_image

6 years ago

August 27, 2018

८ सय मिटरमा सोमको नयाँ राष्ट्रिय कीर्तिमान

45 views

0 Bookmark

काठमाडौं (एजेन्सी)-धावक सोम बहादुर कुमालले पुरुष ८०० मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएको छ । इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद अन्तर्गत जेरोला बुङकार्नोको ट्रयाकमा सोमबार भएको दौडमा उनले १ मिनेट ५०.२५ सेकेन्डमा दूरी पार गर्दै धनीराम चौधरीले सन्१९९५ को साफ गेम्समा बनाएको कीर्तिमान भंग गरेका हुन्।


सोमबहादुर कुमाल । फाइल तस्बिर

धनीरामले १ मिनेट ५०.६० सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएका थिए । सोमको नाममा गतवर्ष भारतको भुवनेश्वरमा भएको एसियन च्याम्पियसिपमा १ मिनेट ५२.५६ सेकेनडो समय रहेको थियो । आजै महिला ८०० मिटर दौडमा सरस्वती भट्टराईले आफ्नो प्रदर्शनमा सुधार गरेकी थिइन् ।

September 16, 2024

एसियन कराते च्याम्पियनसिप – नेपाली टोली चीन जाने

काठमाडौं (हाम्रो खेलकुद)- चीनको हाङझाव एसियाली क्षेत्रको करातेको सबै भन्दा ठूलो प्रतियोगिता एसियाली सिनियर करातेको २० औं संस्करणमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। असोज ४ देखि ६ गतेसम्म हुने च्याम्पियनसिपमाएसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता एरिका गुरुङसहित ११ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यसका लागि खेलाडीसहित १८ सदस्यीय नेपाली टोली मंगलवार हाङझाव प्रस्थान गर्नेछ […]

September 16, 2024

पुलिसको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब माल्दिभ्समा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । पुलिसले सोमवार भएको आफ्नो दोस्रो खेलमा श्रीलंकाको श्रीलंकन एयर फोर्सलाई पराजित गरेको छ । माल्दिभ्सको मालेमा भएको खेलमा पुलिसले एयर फोर्सलाई ३-० सोझो सेटमा पराजित गर्यो । पुलिसले पहिलो सेट २५-१६, दोस्रो सेट २५-२० र […]

September 16, 2024

पुलिस श्रीलंकन एयर फोर्सको सामना गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब माल्दिभ्समा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा दोस्रो खेल आज खेल्दै छ । पुलिसले दोस्रो खेलमा श्रीलंकाको श्रीलंकन एयर फोर्ससँग खेल्दैछ । माल्दिभ्सको मालेमा हुने खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ। आफ्नो पहिलो खेलमा पुलिसले आइतवार उज्वेकिस्तानको हुमो क्लबलाई ३-० को साझो सेटमा पराजित गरि प्रतियोगिताको […]

Success

Thank you for your time.