default_image

7 years ago

August 27, 2018

मीरा इटालीको स्काइ रन सिरिजमा तेस्रो

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली अल्ट्रा रनर मीरा राईले इटालीमा भएको स्काइ रनर वल्ड सिरिजमा तेस्रो स्थान हात पारेकी छन् ।

इटालीमा सोमबार बिहान भएको स्काइ रनर वल्ड सिरिज अन्र्तगतको टोरफियो किमा रेसको निर्धारित ५२ किलोमिटर दुरी मीराले ७ घण्टा ४१ मिनट ४६ सेकेनडमा पुरा गदै तेस्रो स्थान हात पारेकी हुन् ।

बेलायतकी हिलारी जेराडीले ७ घण्टा ३७ मिनेट २९ सेकेन्डमा दुरी पूरा गर्दै पहिलोस्थान हात पार्दा रोवेन ओवेनले ७ घण्टा ३९ मिनेट १ सेकेन्डमा दुरी पूरा गर्दै दोस्रो हुन सफल भए । ब्रिटानी पिटर्सन र मार्टिना भालमासोई क्रमश चौथो र पाँचौ भए ।

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

February 24, 2025

भद्रपुरको नगरसभामा प्रशिक्षक र खेलाडीलाई सम्मानित

हिमाल खरेल,बिर्तामोड झापाको भद्रपुर नगरपालिकाले पालिकाभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान गरेको छ । हक्कीका प्रशिक्षक दिपक खतिवडा, खेलाडी सुदिपकुमार चौधरी, सविना राजवंशी, क्रिकेटर विपिनकुमार महतो र भारत्तोलनकी सोनीदेवी दासलाई सम्मान गरिएको हो । नगरपालिकाको १५ औँ नगरसभाको अवसर पारेर उनीहरुलाई एक कार्यक्रमका बीच जनही १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । खतिवडा  […]

February 24, 2025

दावालाई क्योकुशिन तेजुका करातेमा रजत

काठमाडौं (हाम्रो खेलकुद) – चौथो विश्व क्योकुशिन तेजुका कराते प्रतियोगितामा नेपालका दावा शेर्पाले कातातर्फ रजत पदक जितेका छन् । जापानको फुकुओका स्टेडियममा सोमबार भएको फाइनल भिडन्तमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भएपछि रजतमा सिमित भए । कुमुतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग पराजित भएका थिए ।

Success

Thank you for your time.