default_image

6 years ago

August 27, 2018

एसियाड करातेमा अनु पदक नजिक

129 views

0 Bookmark

जाकार्ता (एजेन्सी) – नेपालकी अनु अधिकारी इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्र्तगतको करातेमा पदक नजिक पुगेकी छिन् ।

Anu Adhikari
अनुले रेपिचेजमा लाओसकी सिरीभिमोन मोङखोउनेलाई ३–१ ले पराजित गर्दै पदक नजिक पुगेकी हुन् । अनुले अब पदकको लागि जापानकी मियाहारा मिहोसँग खेल्नेछिन् । यो खेलमा जित हात पारे अनु जारी एसियाडमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्नेछिन् ।

अनुले यसअघि प्रि–क्वाटरफाइनलमा मकाउकी आइ चिङ चियुङलाई ५–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएकी थिइन् । क्वाटरफाइनलमा चाइनिज ताइपेइकी सिआउसुहाङ घुसँग ७–२ ले पराजित भएपनि अनुमाथि जित हात पारेको सिआ्उसुहाङ फाइनल प्रवेश गरेपछि अनुले रेपिचेजको मौका पाएकी हुन् ।

January 6, 2025

राइट टु प्रोटिन रन हाफ म्याराथन अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)- राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करण अर्को महिना आयोजना हुने भएको छ। प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेरिनरी एसोसिएसनको आयोजना राइट टु प्रोटिन हाफ म्याराथन माघ १२ गते हुने सोमवार पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो। हाफ म्याराथनमा महिला/ पुरुषको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, […]

January 6, 2025

इन्डोनेपाल भलिबल – पुलिस र गुजरातले सेमिफाइनल खेल्ने

सुमन अधिकारी, बुटवल बुटवलमा जारी ‘मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१’ को पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता नेपाल पुलिस क्लब र समूह ‘बी’ को उपविजेता भारतको गुजरात भलिबल एसोसिएसनकाबिच हुने भएको छ। दोस्रो सेमिफाइनल समूह ‘बी’को विजेता त्रिभुवन आर्मी क्लब र समूह ‘ए’को उपविजेता मणिमुकुन्द भलिबल क्लबबिच हुनेछ । सोमवार लिग […]

January 6, 2025

अन्तिम विकल्पलाई जिजिआर मेमोरियल फुटसलको उपाधि

हिमाल खरेल, बिर्तामोड बिर्तामोडको अन्तिम विकल्प फुटसलले झापाको मेचीनगर-१० स्थित धाइजनमा आयोजित प्रथम जिजिआर मेमोरियल खुला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । अन्तिम विकल्पले फाइनलमा आयोजक रेड स्टार फुटसल क्लबलाई ४-२ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । अन्तिम विकल्पका लागि विक्रम तामाङ र एरोन मगरले समान २ गोल गरे । एरोन प्लेयर अफ […]

Success

Thank you for your time.