default_image

6 years ago

August 27, 2018

एसियाड करातेमा अनु र दिवसको हार,अनुलाई अर्को मौका

67 views

0 Bookmark

जाकार्ता (एजेन्सी) – १८औं एसियाली खेलकुदमा पदकको आशा गरिएको कराते खेलमा सोमबार पनि निराशजनक प्रदर्शनले निरन्तरता पाएको छ । नेपालकी अनु अधिकारी र दिवस श्रेष्ठले क्वाटरफाइनलमा पराजित भएका छन् ।

Anu Adhikari

अनु अधिकारी । फाइल तस्बिर

जेसीसी प्लेनरी हलमा सोमबार भएको महिला ५० केजी तौल समूहमा अनु अधिकारी चाइनिज ताइपेइकी सिआउसुहाङ घुसँग ७–२ ले पराजित भइन् । त्यसअघि अनुले प्रि–क्वाटरफाइनलमा मकाउकी आइ चिङ चियुङलाई ५–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएकी थिइन् ।

पुरुष ८३ केजी तौलसमूह मुनिको क्वाटरफाइनलमा नेपालका दिवस श्रेष्ठ इरानका जाभीओल्लाह पोर्सावसँग ८–० को अन्तरमा पराजित भए ।

September 18, 2024

एनसेलद्वारा पलेशासहित पारालिम्पिक टोली नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – एनसेलले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनसहित सहभागी ५ सदस्यीय टोलीलाई बुधवार नगदसहित सम्मानित गरेको छ । राष्ट्रिय पारालिम्पिक कमिटी (एनपिसी) नेपालको २५ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा एनसेलले पलेशालाई १० लाख, प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख, अर्का तेक्वान्दो खेलाडी भरहसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल […]

September 18, 2024

एनएसए कप पौडी प्रतियोगिता यसै महिना

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पौडी संघको‌ आयोजनामा यसै महिना तेस्रो सातामा १२औं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको आउटडोर पौडी पोखरीमा असोज १३ र १४ गतेप्रतियोगिता सञ्चालन हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। यो प्रतियोगिता २०३८ सालदेखि नियमित (कोभिड महामारी बेलाबाहेक) हुँदै आएको छ । प्रतियोगितामा विभिन्न विद्यालय, […]

September 18, 2024

एसिया रग्बी सेभेन्समा १७ राष्ट्रले भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा काठमाडौंमा आयोजना हुने महिला तथा पुरुष एसिया रग्बी सेभेन्स ट्रफीमा १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका‌ छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा असोज १८ र १९ गते हुने प्रतियोगितामा पुरुष तर्फ १४ तथा महिला तर्फ ८ टोलीले भाग लिने बुधवार आयोजित पत्रकार सम्मेलनमा नेपाल रग्बी संघका […]

Success

Thank you for your time.