7 years ago
August 24, 2018
दिपक न्यौपाने
जाकार्ता – नेपाली पुरुष भलिबल टोली इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा जारी १८ औं एसियन गेम्स (एसियाड) को समूह चरणबाटै बाहिरिएको छ ।
गोर बुलुनगन इन्डोर स्टेडियममा भएको समूह ‘डी’ अन्र्तगतको आफ्नो अन्तिम खेलमा शुक्रबार दक्षिण कोरियासँग पराजित भएसँग नेपाल समूह चरणबाटै बाहिरिएको हो । नेपाल कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको हो ।
नेपालले पहिलो सेट २५–१६ ले गुमाएको थियो । दोस्रो सेट २५–१३ ले गुमाएको नेपाल अर्को सेटमा २५-१४ ले पराजित भएको थियो । नेपाल पहिलो खेलमा चाइनिज ताइपेईसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]