6 years ago
August 23, 2018
दिपक न्यौपाने
जकार्ता – नेपाली तेक्वान्दो खेलाडीले एसियाडमा फेरि एक पटक निराश पारेका छन् । नेपाली खेलकुद इतिहासमा एसियाडमा सबैभन्दा बढी पदक जित्ने इतिहास तेक्वान्दोको नाममा भएपनि पछिल्लो तीन संस्करणमा नेपाली तेक्वान्दो खेलाडी खाली हात फर्कदै आएको छ । नेपालले एसियाली खेलकुदमा जितेका २३ मध्ये तेक्वान्दो एक्लैले १४ पदक जितेको छ ।
जसमा अहिले सम्मकै सबै भन्दा ठूलो पदक सविता राजभण्डारीले सन् १९९८ मा बैंकक एसियाडमा रजत पदक जितेकी थिइन् । ओलपिम्यन दीपक विष्ट एक्लैले २००२ र २००६ मा लगातार दुई पटक कास्य पदक जितेका थिए । २००६ पछि नेपाली तेक्वान्दो खेलाडीले एसियाडमा पदक जित्न सकेका छैनन् । तर, १८ औं संस्करणमा तेक्वान्दोका खेलाडीले एक पछि अर्को निराशाजनक प्रदर्शन गरे ।
अन्य सबै खेलाडी पहिले नै बाहिरिसकेका थिए । तेक्वान्दोको अन्तिम दिन बिहीबार दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष ६८ केजीमुनि ज्ञानेन्द्र हमालले पहिलो चरणमा भुटानका जिग्मे वाङछुकलाई ३९–१७ ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका थिए । प्रिक्वाटरफाइनलमा ज्ञानेन्द्र मलेसियाका रोजाइमी रोजालीसंग ३०–२ को फराकिलो अन्तरले चुके ।
अर्की खेलाडी अस्मिता खड्का महिला ४९ केजीमुनि इरानकी नाहिद कियानीचान्देहसंग ४३–४ को भारी अन्तरले हारिन् । यसपटक कडा चुनौति दिने लक्ष्य सहित तेक्वान्दो खेलाडीले झन्डै तीन महिना दक्षिण कोरियामा प्रशिक्षण लिएका थिए । यसपटकको एसियाडमा अन्य खेलका दाजोमा तेक्वान्दो खेलाडीले सबै भन्दा लामो वैदेशिक प्रशिक्षणको मौका पाएको थिए ।
नङशल प्रिक्वाटरफाइनलमा
इन्डोनेसियमा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी नङशल तामाङ बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी छन् । जीबीके इस्तोरामा भएको खेलमा नङशलले माल्दिभ्सकी खेलाडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा पराजित गरिन् । महिला सिंगल्सको अर्को खेलमा जेशिका गुरुङ थाइल्यान्डकी खेलाडीसंग २१–७ र २१–५ ले पछि परिन् ।
पुरुष डबल्समा पनि नेपालका विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडीले मंगोलियाका खेलाडीलाई २१–१२ र २१–७ को सीधा सेटमा हराउदै प्रिक्वाटरफाइनलमा पुगे । सोही स्पर्धाको अर्को खेलमा भने पाकिस्तानी जोडीले नेपालका दीपेश धामी र रत्नजित तामाङको जोडीलाई २१–१९ र २२–२० को सोझो सेटमा पन्छाए ।
मिक्स डबल्समा इन्डोनेसियाका खेलाडीले रत्नजित र नङशलको जोडीलाई २१–१३ र २१–२१–७ तथा हङकङले दीपेश धामी र जेशिका गुरुङको जोडीलाई २१–११ र २१–११ को सोझो सेटमा पाखा लगाए । महिला डबल्समा थाइल्यान्डका खेलाडीले जेशिका गुरुङ र नङशलको जोडीलाई २१–७ र २१–५ ले निराश पारे । ब्याडमिन्टनमा नेपालले शुक्रबार ५ खेलमा प्रतिस्पर्धा गर्नेछ ।
भारोत्तोलनः विकास १५औं स्थानमा
भारोत्तोलनको पुरुष ७७ केजीमा नेपालका विकास श्रेष्ठले १५औं स्थान हासिल गरेका छन् । २० प्रतिस्पर्धाी सहभागी उक्त स्पर्धामा विकासले स्न्याचमा ११३ केजी र क्लिन एन्ड जर्कमा १३५ केजी गरी जम्मा २४८ केजी भार वहन गरे । स्न्याचको पहिलो लिफ्टमा ११३ केजी वजन उठाएका १२ औं सागका रजतधारी विकासले दोश्रो र तेश्रो लिफ्टमा समान ११८ केजी उठाउने प्रयास गरेपनि सफल भएनन् ।
क्लिन एन्ड जर्कको पहिलो लिफ्टमा विकास १३५ केजी भार वहन गर्न असफल रहे । दोश्रो लिफ्टमा कमलले पहिलो लिफ्टकै जत्ति वजन उचाल्न सफल भएका थिए । तेश्रो लिफ्टमा १३७ केजी उठाउन आएका विकास सफल हुन सकेनन् । भारोत्तोलनमा नेपालबाट ४ खेलाडी सहभागी छन् । दुई खेलाडी सन्जु चौधरी र कमलबहादुर अधिकारी राष्ट्रिय कीर्तिमान बनाउन सफल रहे । बाँकी एक खेलाडी तारादेवी पुनले अगष्ट २६ तारिखमा महिला ७५ केजी तौलसमूहमा भाग लिने छिन् ।
पौडीः शिरीष ४०औं
पौडीको पुरुष १ सय मिटर फ्रिस्टायलमा नेपालका शिरीष गुरुङले ४०औं भएका छन् । यो स्पर्धाको राष्ट्रिय कीर्तिमानधारी शिरीषले निर्धारित दूरी ५७।९२ सेकेन्डमा पूरा गरे । उनको नाममा ५७।६९ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ।
उक्त स्पर्धामा ४७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । महिला ५० मिटर ब्रेस्टस्ट्रोकमा टीसा शाक्य सहभागी ३० मध्ये २६ औं भइन् । टीसाले निर्धारित दूरी तय गर्न ३९।४६ सेकेन्ड समय खर्चिन् । शुक्रबार तीन खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । शुभम् श्रेष्ठले ५० मिटर ब्रेस्टस्ट्रोक तथा गौरिका सिंह र टीसाले ५० मिटर फ्रिस्टायलमा खेल्नेछन् ।
पेनकेक सिलातः विवेक पराजित
पेनकेक सिलातमा नेपालका विवेककुमार विकको चुनौती समाप्त भएको छ । विवेक इरानका मोहम्मद राहिमीबलादेजाइसँग ५–० ले पछि परे । पेनकेक सिलातमा नेपालबाट एक मात्र खेलाडीको सहभागिता रहेको छ ।
कबड्डीः नेपाल पराजित
पुरुष कबड्डीमा २० वर्षपछि सहभागी नेपाल पाकिस्तानसँग पराजित भएको छ । समूह ‘बी’ को लिग खेलमा पाकिस्तानले नेपाललाई ३८–२० ले हरायो । हारसंगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । ६ राष्ट्र सहभागी यो समूहबाट इरान विजेता र पाकिस्तान उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘ए’ बाट दक्षिण कोरिया विजेता र भारत उपविजेताका रुपमा सेमिफाइनलमा पुगे ।
पाँच खेलमा नेपालले ४ मा पराजय भोग्यो भने १ मा जित हात पा¥यो । नेपाल पाकिस्तानसहित आयोजक इन्डोनेसिया, जापान र इरानसंग पराजित भएको थियो । मलेसियालाई भने नेपालले २९–१७ ले हराएको थियो । इन्डोनेसियासहित ४ फरक एसियाडमा सहभागिता जनाएको नेपालले कबड्डीमा मलेसिया विरुद्ध हात पारेको जित अहिलेसम्मकै पहिलो भएको कबड्डीका मुख्य प्रशिक्षक तारासिंह भाटले जनाएका छन् । नेपालले १९९० को बेइजिङ, १९९४ को हिरोसिमा र १९९८ को बैंकक एसियाडमा सहभागिता जनाएको थियो ।
प्याराग्लाइडिङः विजय आठौं
प्याराग्लाइडिङको पुरुष व्यक्तिगत एकुरेसीमा नेपालका विजय गौतम आठौं भएका छन् । नेपालकै सुशील गुरुङ २४ औं भए । १० चरणको यो स्पर्धामा ३३ खेलाडीले सहभागिता जनाएका थिए । इन्डोनेसिया पहिलो, थाइल्यान्ड दोश्रो तथा दक्षिण कोरिया तेश्रो भए । सोही स्पर्धाको महिलामा नेपालकी तृषा श्रेष्ठ बमजन तामाङ १४ औं र प्रतिभा भुजेल १५ औं स्थानमा रहे । १० चरणकै यो इभेन्टमा १८ खेलाडीले भाग लिएका थिए । थाइल्यान्डले स्वर्ण, दक्षिण कोरियाले रजत र आयोजक इन्डोनेसियाले कांस्य जिते ।
स्क्वास : अरहान्त र अमृत पराजित
एसियाडमा नेपालले सहभागिता जनाएको २९ खेल मध्ये सबै भन्दा पछि समावेश गरिएको स्क्वासको पुरुष सिंगल्समा अरहान्तकेशर सिंह र अमृत थापा मगर पराजित भएका छन् । पाकिस्तानका अस्लम तयबले अरहान्तलाई ११–६, ११–५ र ११–५ तथा हङकङका यि लिन होले अमृतलाई ११–१, ११–४ र ११–२ को सोझो सेटमा पराजित गरे ।
स्पोर्ट क्लाइम्बिङ : नेपाल बाहिरियो
पालेम्वाङमा भएको स्पोर्ट क्लाइम्बिङको पुरुष स्पिड्सको छनोट चरणबाट नेपाल बाहिरिएको छ । नेपालका पेम्बा शेर्पा र प्रणीलमान श्रेष्ठ २७ खेलाडी सहभागी स्पर्धामा क्रमशः २६ औं र २७ औं भए । शीर्ष १६ मा रहने खेलाडी पहिलो चरणबाट छनोट हुने प्रावधान छ ।
पुरुष कम्बाइन छनोट चरण पनि नेपालले पार गर्न सकेन । पेम्बा २२ औं र प्रणील २१ औं भए । २३ खेलाडी सहभागी यो स्पर्धामा मंगोलिया पुछारमा रह्यो । शुक्रबार नेपालले पुरुष बोल्डरिङको छनोट चरण खेल्नेछ ।
आर्चरी : तिलक रोकिए
आर्चरीको पुरुष व्यक्तिगत रिकर्भमा नेपालका तिलक पुन मगर चीनका खेलाडीसंग प्रिक्वाटरफाइनलमा ६–४ ले पराजित भए । त्यसअघि उनले भुटानका खेलाडीलाई ६–० ले हराएका थिए । सोही स्पर्धामा नेपालका रोशन नगरकोटी श्रीलंकाका खेलाडीसंग ६–० ले हारे । महिला व्यक्तिगत रिकर्भमा नेपालकी ज्ञानु अवाले हङकङकी खेलाडीसंग ६–२ ले पराजित भइन् । नेपालले शुक्रबार मिक्स टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभुवन विश्वविद्यालय (टियु) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवको एथलेटिक्सको १ सय मिटर दौडमा बुधबार स्वर्ण जितेका छन् । मुकेश पुरुष तथा विना महिलामा पहिलो भए । पोखरा रंगशालामा बुधवार मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्ड समयमा काठमाडौं विश््रवविद्यालयका विकासकुमार शाह दोश्रो […]
February 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र खेलकुदसँग सम्बन्धित सामाग्रीको प्रर्दशनी आयोजनाका लागि विभिन्न संस्थासंग सहकार्यको सम्झौता गरेको छ । चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसंग सहकार्यका लागि सम्झौता गरेको हो । नेपाल स्पोर्टस […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]