7 years ago
August 23, 2018
दिपक न्यौपाने
जाकार्ता –१८औं एसियाली खेलकुद अन्र्तगतको ब्याडमिन्टनको महिला सिंगल्र्समा नेपाल नम्वर वान नङ्सलदेवी तामाङ प्रि–क्वाटरफाइनलमा प्रवेश गरेकी छन् । जिविके इस्टोरा इन्डोर मैदानमा बिहिबार भएको अन्तिम ३२ को खेलमा माल्दिभ्सकी अब्दुल फाथिमलाई २–० को सोझो सेटमा पराजित गर्दै नङ्सलले अन्तिम १६ मा स्थान बनाएका हुन् ।
नङ्सलले फाथिममाथि २१–१९ र २१–१५ को सहन जित निकालिन् । अब नङ्सलले क्वाटरफाइनल प्रवेशका लागि जापानकी यामागुची अकानेसँग २५ अगस्टमा प्रतिस्पर्धा गर्नेछिन् । महिला सिंगल्र्समा जेसिका गुरुङ थाइल्यान्डकी इन्टानन राच्चासँग २१–७ र २१–४ को सोझो सेटमा पराजित भईन् । पुरुष डबल्समा नेपालका बिकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडी प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बिकास र नवीनको जोडीले मंगोलियाका सुमियासुरेन इखवात र तेमुउलेन गोम्वोदोर्जको जोडीमाथि २–० को सहज जित हात पार्दै प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो । पहिलो सेट २१–१२ ले आफ्नो पक्षमा पारेको बिकास र नवीनको जोडीले दोस्रो सेट २१–७ ले सहजै आफ्नो पषमा पा¥यो । पुरुष डबल्सकै खेलमा नेपालका शीर्ष वरीयताका रत्नजित तामाङ र दिपेश धामीको जोडी अन्तिम ३२ को खेलमा पाकिस्तानका रिजवन अजाम र कासिफ अलीसँग प्रतिस्पर्धात्मक खेलमा २१–१९ र २२–२० को सेटमा पराजित हुन पुग्यो ।
महिला डबल्र्समा नङ्सल र जेसिकाको जोडी इन्डोनेसियाको जोङकोलपान र रविन्दा प्राजोङजाईसँग २१–७ र २१–५ को सोझो सेटमा पराजित भईन् । मिक्स डबल्समा रत्नजित र नङ्सलको जोडी थाइल्यान्डका डेब्बी सुसान्टोल र रिक्की कारान्दासुवार्दीको जोडीसँग २१–१३ र २१–७ ले तथा दिपेश र जेसिकाको जोडी हङकङका चुन हेईं लि र होइ वाह चाउको जोडीसँग २१–११ र २१–११ ले पराजित भए ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]