7 years ago
August 22, 2018
दीपक न्यौपाने
जाकर्ता – इन्डोनेसियाको जाकार्तामा जारी रहेको १८औं एसियाड अन्तर्गतको पुरुष भारोत्तोलनमा कमलबहादुर अधिकारीले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
कमलले पुरुष ६८ केजी तौल समूहमा स्न्याचमा ११९ केजी, क्लिन एन्ड जर्कमा १६० केजी गरी कुल २७९ केजी भार बहन गर्दै तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । यसअघि कमलले २०७१ मा स्न्याचमा ११८, क्लिन एन्ड जर्कमा १५५ को नयाँ कीर्तिमान बनाएका थिए । मंगलबार मात्रै महिलाको ५३ केजीमा सञ्जु चौधरीले तीन राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
समूह ‘बी’ मा कामल छैटौं स्थानमा रहे । भोलि विकास थापाले ७७ केजीमा प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि २६ अगष्टमा तारादेबी पुनले ७५ केजीमा भाग लिनेछिन् ।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]