default_image

6 years ago

August 21, 2018

खेल म्यागजिन ‘स्पोर्टस् भ्वाइस’ को विमोचन

37 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- खेलकुद म्यागजिन ‘स्पोर्ट्स भ्वाइस’ को मंगलबार विमोचन भएको छ । नेपाल पर्यटन खेलकुद संघ र नेपाल खेलाडी तथा प्रशिक्षक संघले संयुक्त रुपमा प्रकाशन गरेको ‘स्पोर्टस् भ्वाइस’ को पहिलो अंक विमोचन गरिएको छ ।

स्पोर्ट्स भ्वाइसको पहिलो अंक संघिय संसद दुर्गा पौडेल र नेपाल खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश महर्जन र पूर्व सांसद तथा नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीविक्रम शाहले संयुक्त रुपमा विमोचन गरेका थिए ।

खेल र खेलाडीहरुको आवाज सशक्त बनाउने उद्देश्यले म्यागेजिन प्रकाशन गर्न लागिएको संघका अध्यक्ष महर्जनले जानकारी दिए । यस्तै कार्यक्रममा म्यागजिन प्रकाशनको लागि ग्लोरियुससँग पाँच बर्षको लागि सहकार्य गर्ने भएको छ ।

सम्झौतासँगै ग्लोरियुसले म्यागजिन निकाल्न मद्दत गर्नेछ । कार्यकममा म्यागजिन प्रकाशक नेपाल पर्यटन खेलकुद संघले स्पोर्ट्स भ्वाइस म्यागजिन निरन्तर प्रकाशन हुने समेत जानकारी दिएको छ ।

September 20, 2024

बाँकेकी गीता र आर्मीका मुकेश रात्री दाैडमा च्याम्पियन

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज १० किमी नाइट रनको उपाधि त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जितेका छन् । धारा नेपालगन्ज म्याराथनकाे दशाैं संस्करण विशेष बनाउन ‘दशाैंमा दस इभेन्ट’ अन्तर्गत पहिलो कार्यक्रमका रुपमा भएको १० किलोमिटर रात्री दाैडमा महिला खुलातर्फ ५९ मिनेट १६:५२ सेकेन्ड पूरा गर्दै गीता पहिलो भएकी हुन् । काेहलपुरकी […]

September 20, 2024

पुलिस एक खेल अगावै फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लिग चरणको आफ्नो अन्तिम खेल अगावै फाइनल पुगेको छ । खेलेका सबै ४ खेल जितेर ११ अंक जोड्दै पुलिसले फाइनलमा स्थान बनाएको हो । बिहीवार माल्दिभ्सको घरेलु टोली वाम्कोलाई पुलिसले ३-२ को सेटमा पराजित गरेको हो।  रोमान्चक पहिलो सेट पुलिसले २१–२५ ले गुमायो […]

September 19, 2024

प्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- प्रयास मञ्च नेपालले खेलकुद क्षेत्रबाट प्राप्त गरेको उपलब्धि तथा खेलकुदको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै एथलेटिक्स खेलाडीसहित खेलकर्मीलाई बिहीवार सम्मान गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मञ्चले आयोजना गरेको बुद्धवीर लामा तेह्रौं गीतिमय सांगीतिक साँझका अवसरमा उनीहरुलाई सम्मान गरेको हो । पूर्व धावक गीतकार लामा गत असारमा बंगलादेशको ढाकामा […]

Success

Thank you for your time.