default_image

7 years ago

August 21, 2018

एसियाड भारोत्तोलन : सन्जुको नाममा तीन नयाँ राष्ट्रिय कीर्तिमान

90 views

0 Bookmark

दीपक न्यौपाने
जकार्ता – भारोत्तलोनलकी सन्जु चौधरीले इन्डोनेसिया र जाकार्तामा जारी १८ औं एसियन गेम्समा तीन नयाँ राष्ट्रिय कीर्तिमान कायय गरेकी छन् । सन्जुले ५३ केजी तौल समूहमा जेठमा नेपालगन्जमा भएको एसियन गेम्सको छनोटमा बनाएको आफ्नै नामको कीर्तिमान भंग गरेकी हुन् । सन्जुले स्न्याचमा ७२ केजी भार वहन गरिन् ।

क्लिन एन्ड जर्कमा ८६ गरी कुल १ सय ५८ केजी भार बहन गर्दै नयाँ कीर्तिमान काय गरेकी हुन् । यसअघि स्न्याचमा ७१ केजी भार बहन र क्लिन एन्ड जर्कमा ८५ गरी कुल १ सय ५६ केजी भार बहन गर्दै नयाँ कीर्तिमान बनाएकी थिइन् ।

१२ खेलाडीले सहभागिता जनाएको स्पर्धामा सन्जु पुछारमा रहिन् । यो विधामा फिलिपिन्सकी डियाज हिडियन २०७ केजी भार बहन गर्दै स्वर्ण जितिन् । तुर्केमिनिस्तानकी शेर्मेटोभा क्रिस्टिना कुलमा २०६ केजी भार बहन गर्दै रजत तथा थाइल्यान्डकी खाम्वाओ सुरोधचना कुलमा २०१ केजी भार बहन गर्दै कास्य जित्न सफल भईन् ।

March 1, 2025

राष्ट्रिय डोरी तानमा पुलिसलाई दोहोरो उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]

March 1, 2025

केभिआर स्टेज रेस च्यालेन्ज – लोकेन्द्र र सोनिमा विजेता

काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]

February 24, 2025

तेस्रो राष्ट्रिय टग अफ वार यसै साता

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]

Success

Thank you for your time.