7 years ago
August 20, 2018
काठमाडौं (हाम्रो खेलकुद)–१२ औं संस्करणको काठमाडौं म्याराथन असोज चौथो साता हुने भएको छ । प्रो स्पोर्टस् प्रालि र इभेन्ट सोलुसनको आयोजनामा काठमाडौं म्याराथन असोज २० गते हुने भएको हो ।
मुख्य आयोजक निलेन्द्रराज श्रेष्ठले १२ औं संस्करणको काठमाडौं म्यारानलाई अझ भव्य र व्यवस्थित बनाउन यसपटक नेपालमै पहिलोपटक स्पोर्टस् एक्स्पो आयोजना गर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
स्पोर्टस् एक्स्पो असोज १८ गते बिहिबारदेखि म्याराथन हुने दिन २० गते शनिबारसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुनेछ । जसका लागि दशरथ रंगशालामा १४ असोजबाट तयारी थालिनेछ ।
पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले सिटी बेसको आधारमा जसरी म्याराथनका शुरुवात गरेपनि त्यो अबधारणामा अझै पुग्न नसकेको बताए । ‘अझै हामीले सोचे जसरी गर्न सकिरहेका छैनौ । तर, म्याराथनले ११ औं संस्करण पूरा गरिसकेको छ । कुनै प्रतियोगिता आयोजना गर्न आत्मशक्ति र इच्छासँगै आर्थिका पाटो पनि जोडिएको हुन्छ । हामी हाम्रो लक्ष्यमा पुग्ने योजनामा हुनेछौं ’ श्रेष्ठले भने ।
उनले २००७ मा काठमाडौं म्याराथन आयोजना गर्दा म्याराथन धावक पाउन गाह्रो रहेको स्मरण गर्दै अहिले त्यो सङ्ख्या सयको हाराहारीमा पुगिसकेको बताए । यस्तै म्याराथन प्रतियोगिताको निररन्तरता नै ठुलो कुरा रहेको बताए ।
म्याराथनमा यसपटक विभिन्न सात विधा समावेश गरिएको छ । फुल म्याराथन, हाफ म्याराथन, को–अपरेट म्याराथन (रिले), ५ किलोमिटर, भेट्रान ५ किलोमिटर, विद्यालय ५ किलोमिटर र ३ किलोमिटरको ह्वीलचेयर दौडमा महिला र पुरुषबीचको नै हुनेछ । को–अपरेट म्याराथन र भेट्रान ५ किलोमिटर दौड यसपटक समावेश गरिएको नयाँ इभेन्ट हो ।
फुल म्याराथनको महिला र पुरुष दुवैतर्फको विजेताले समान १ लाख प्राप्त गर्ने मुख्य आयोजक निलेन्द्र राज श्रेष्ठले जानकारी गराए । दुवैतर्फको दोस्रो र तेस्रो हुने टिमले क्रमशः समान ५० हजार र २५ हजार प्राप्त गर्नेछ ।
हाफ म्याराथनको महिला र पुरुष दुवै विजेताले ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १० हजार प्राप्त गर्नेछ । को–अपरेट म्याराथनको विजेताले २५ हजार दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैया प्राप्त गर्नेछ । ५ किलोमिटर खुल्ला, भेट्रान ५ किलोमिटर र विद्यालय ५ किलोमिटर दौडको दुवै विजेताले समान १५ हजार पाउनेछ ।दोस्रोले १० हजार तथा तेस्रो हुनेले ५ हजार पाउनेछ ।
३ किलोमिटरको ह्वीलचेयरको विजेताले १० हजार, दोस्रो ले ५ तथा तेस्रोले तीन हजार पाउनेछ । यस्तै काठमाडौं म्याराथनको रेकर्ड ब्रेक गर्ने खेलाडीले थप १ लाख रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ ।
१० औं संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राईले २ घण्टा २० मिनेट ४४ सेकेन्डको कीर्तिमान बनाएका थिए । पुरस्कारमा मात्रै ७ लाख २२ हजार खर्च गरिएको छ । म्याराथन त्रिपुरेश्वरबाट शुरु भई पाटनगेट, चाकुपाट, संखमुल, नयाँ बानेश्वर, जडीबुटी, सुर्यविनायक, पुरानो ठिमी, जडिबुटी, तीनकुने, एयरपोर्ट, गौशला, सुकेधारा, नारायण गोपाल चोक, लैनचौर, घण्टाघर, भद्रकाली हुदै दशरथ रंगशालामा आएर टुंगिनेछ ।
हाफ म्याराथन त्रिपुरेश्वरबाट शुरु भई पाटनगेट, चाकुपाट, संखमुल, नयाँ बानेश्वर, तीनकुने, एयरपोर्ट, गौशला, सुकेधारा, नारायण गोपाल चोक, लैनचौर, घण्टाघर, भद्रकाली हुदै दशरथ रंगशालामा आएर टुंगिनेछ ।
५ किलोमिटर दौड त्रिपुरेश्वर, थापाथली, माइतीघर, बबरमहल, हनुमानस्थान, प्रदर्शनी मार्ग हुदै रंगशाला आएर टंगिनेछ । ३ किलोमटिर ह्वीचेयर दौड त्रिपुरेश्वर थापाथलीबाट माइतीघर हुदै सोही रुट फिर्ता हुनेछ । यस्तै स्पोर्टस् एक्स्पोमा विभिन्न खेलका सामग्री प्रदर्शनीमा हुनेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]