default_image

7 years ago

August 19, 2018

एसियाड : ब्याडमिन्टनको पुरुष टिम क्वार्टरमा, महिला टिम पराजित

133 views

0 Bookmark

दिपक न्यौपाने

जकार्ता – १८ औं एसियाडअन्तर्गत आइतबार भएको खेलमा जित निकाल्दै नेपालको पुरुष ब्याडमिन्टन टोली क्वार्टरफाइलनमा प्रवेश गरेको छ । राउन्ड अफ १६को खेलमा नेपालले पाकिस्तानलाई ३-१ ले पराजित गरेको छ ।

नेपालका आशा गरिएको खेल तेक्वान्दोको पुम्सेमा पराजय भोगेको दिन ब्याडमिन्टनमा भने नेपालले जितबाट शुरुआत गरेको छ । नेपालको पुुरुष टिम इभेन्टको राउन्ड अफ १६मा नेपालका खेलाडी रत्नजित तामाडले मोहमद इराफान भाटीलाई २१-१२, २१-११ को सेटमा हराए ।

त्यसैगरि दिपेश धामीले एजिम सर्वारलाई २१-१६, २१-१० ले हराए । नविन श्रेष्ठ भने रिजवान अजमसँग २१-१३, १८-२१, १५-२१ मा पराजित भए । दिपेश थामी र रत्नजित तामाडको टिमले रिजवान र सुलेहरी कासिफललाई २१ -१७, १७-२१ र २१-५ ले पराजित गरेका थिए ।  नेपालले क्वार्टरफाइनलमा चाइनजीज ताइपेसँग भिड्ने छ ।

महिलातर्फ भने नेपाल पराजीत भएको छ । माल्दिभ्सले ३(२ को सेटमा नेपाललाई पराजीत ग‘¥यो । टिम इभेन्टतर्फ नंगशला तामाङ्गमाले माल्दिभ्सकी फाथिमाथ अब्दुललाई २-०को सेटमा हराइन् ।

जेसिका गुरुङ्गले माल्दिभकी अमिनाथलाई २(१ को सेटमा हराइन् । रसिला महर्जन पराजीत भइन् । त्यसैगरि युुगलतर्फको दुुइवटा प्रतिस्पर्धा नेपालले गुमायो ।

March 24, 2025

घोडचढी संघलाई सम्झौता पालना नगरेकोमा ओसिएको पत्र

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]

March 22, 2025

निमालाई सुरुङ्गा सहकार्य साइकल दौडको उपाधि

हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

Success

Thank you for your time.