default_image

6 years ago

August 17, 2018

पोखरामा बिच भलिबल शुरु

99 views

0 Bookmark

 पोखरा (हाम्रो खेलकुद)- कास्की जिल्ला भलिबल संघको आयोजनामा शुक्रबारदेखि फेवाताल किनारामा अन्तर क्लब खुला पुरुष बिच भलिबल प्रतियोगिता शुरु भएको छ । बाराहीघाट बिच भलिबल कोर्टमा शुक्रबार भएको उद्घाटन खेलमा कास्की जिल्ला भलिबल संघको ‘बी’ टिमले नेपाली सेनाको सिद्धिबक्स गण फूलबारी ‘ए’ लाई २–१ को सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको छ ।
कास्कीका पुजन गुरुङ र धीरेन छन्त्यालको जोडीले आर्मीको रामकुमार श्रेष्ठ र तेज बहादुर बिठाडीको जोडीलाई २१–१७, १५–२१ र १५–११ ले पराजित गर्दै विजयी शुरुवात गरेको हो । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले भलिबलका राष्ट्रिय रेफ्री राजन पौडेललाई भलिबल हस्तान्तरण प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
मन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले खेलकुदलाई महत्वपूर्ण क्षेत्रका रुपमा लिएको बताए । सिंगो गण्डकी प्रदेशकै खेलकुद विकासका लागि प्रदेश सरकारले एकेडेमी, परिषद तथा बहुउद्देश्यीय रंगशाला निर्माणको योजनालाई अघि सारेको मन्त्री गुरुङले बताए । श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई स्पोर्ट्स सिटिका रुपमा विकास गर्न सकिने बताए ।
नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले बिच भलिबलबाट पदक ल्याउने सम्भावना रहेको बताए । प्रतियोगिताकै अवसरमा खेलकुदको क्षेत्रमा योगदान पु¥याएकोमा श्रम मन्त्रालय सचिव महेशप्रसाद दाहाल, नेपाली सेनाका पूर्व उपरथी भिक्टरशंशेर जबरा, नेपाल भलिबल संघका राष्ट्रिय प्रशिक्षक कपिलकिशोर श्रेष्ठ, पत्रकार धन बस्नेत र युवा समाजसेवी महेन्द्रबहादुर गुरुङलाई सम्मान गरिएको थियो ।
प्रतियोगितामा आर्मी र सशस्त्रको ४ सहति २२ टिमको सहभागिता रहेको संघका जिल्ला अध्यक्ष भीम पराजुलीले जानकारी दिए । विजेताले ३० हजार र उपविजेताले २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।सर्वोत्कृष्ट खेलाडी र अनुशासित टिमका लागि समान ५ हजार नगदसहित ट्रफी पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक ताराप्रसाद पहारीले जनाए । विकसित मुलुकहरुको प्राय समुद्री किनार बालुवामा २/२ जनाले खेल्ने बिच भलिबल प्रतियोगिता पोखरामा भने चौथो पटक आयोजना गरिएको हो ।

January 12, 2025

भारतका आभनिष अगाडि

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र भारत सिक्किमका विद्यार्थी सम्मिलित यु ११, यु १३ र यु १५ अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताको दोश्रो दिन आइतवारसम्म आइपुग्दा पाँचौं चरणका खेल सकिएका छन्। किर्तिपुर स्थित पुष्पसदन विद्यालयमा जारी प्रतियोगिताको छात्र तर्फ यु १५ समूह अन्तर्गत सिक्किम चेस एसोसियसनका आभनिष प्रधानले शत प्रतिशत जित निकालेकी छिन् । आभनिषले ५ अंक […]

January 12, 2025

च्याम्पियन सदभाव र राहुलसहित गल्फ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- बंगलादेशमा नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाएका सदभाव आचार्य सहित नेपाली गल्फ टोली आज स्वदेश फर्किएको छ। शनिवार सम्पन्न ३८औं बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा सदभावले एकल र उनी सम्मिलित टोलीले टिम इभेन्टमा स्वर्ण पदक जितेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल गल्फ संघका वरिष्ठ उपाध्यक्ष पवित्र कुमार कार्की, महासचिव दिपक आचार्य तथा सदस्य दीपक […]

January 11, 2025

न्यु डायमण्डले रिमा र अलिशालाई बिदाइ गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबले आफ्ना दुई खेलाडीलाई शनिवार बिदाइ गरेको छ। न्यु डायमण्डका उत्पादन पर्वतको फलेबास नगरपालिका ५ की रिमा कुँवर र स्याङ्जा वालिङ नगरपालिका १० की अलिशा मानन्धरलाई क्लबले औपचारिक कार्यक्रमसहित बिदाइ गरेको हो। व्यवसायिक भलिबलका लागि रिमा र अलिशा नेपाल पुलिस क्लबमा आबद्ध भएपछि न्यु डायमण्डले बिदाइ गरेको […]

Success

Thank you for your time.