default_image

7 years ago

August 13, 2018

ढोरपाटन पुरुष भलिबललाई यति ब्रुअरीको साथ

123 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- पाँचौ ढोरपाटन खुल्ला पुरुष भलिबल प्रतियोगितालाई यति ब्रुअरी प्रालिले मुख्य प्रायोजन गरेको छ । आयोजक ढोरपाटन क्लबले सोमबार प्रतियोगिताको मिति तोक्दै यति ब्रुअरी प्रालिसँग मुख्य प्रायोजकमा हस्ताक्षर गरेको हो । सम्झौतामा को आयोजनामा हुनेसम्झौता यति ब्रुअरी प्रालीका मार्केटिङ अफिसर बिभोर रायमाझी र ढोरपाटन क्लबमा अध्यक्ष मनबिन छन्त्यालले हस्ताक्षर गरे ।

सम्झौतापश्चात प्रतियोगितालाई मुख्य प्रायोजन गरेको यति ब्रुअरीले आफ्नो कम्पनीबाट उत्पादन गरिएको इनर्जी ड्रिंङ्स एम १५० को नामबाट संचालन हुनेछ । सो बापत मुख्य प्रायोजक यति ब्रुअरीले ५ लाख आयोजकलाई उपलब्ध गराउने छ । नेपाल भलिबल संघको संयोजन तथा ढोरपाटन क्लबको आयोजनामा संचालन भएको प्रतियोगिता भदौ ३० देखि असोज ६ गते सम्म चल्ने छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् क्लबमा हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहने छ । प्रतियोगिताको उपाधि विजेताले १ लाख उप विजेताले ६० हजार र तेस्रो हुने टिमलाई ५० हजार प्रदान गरिने ढोरपाटन क्लबमा अध्यक्ष मनबिन छन्त्यालले जानकारी दिए । ब्यक्तिगत विधा अन्तर्गत स्पाईकर, ब्लकर क्वीक डिफेन्डर, सर्भर लिफ्टर र प्रशिक्षकलाई ५ हजार प्रदान गरिने छ ।

प्रतियोगितामा एक जना दर्शकलाई स्कूटर, ८ जना दर्शकले इजी टीसर्ट र अरु ८ जना दर्शकले डाइमण्ड मोबाइल पाउने छन् । प्रतियोगिताको सह प्रायोजकमा आईएमई प्रालि र बीजी मल रहेका छन् भने दोस्रो उपाधि बापतको रकम ५० हजार पुरस्कारलाई शान्ति दोहोरी साँझका दीपक कुँवरले प्रायोजन गरेका छन् । प्रतियोगिताको अनुमानित लागत १२ लाख रुपैयाँ रहेको छ ।

March 19, 2025

अन्तरिम आदेशबीच पनि एनओसीले गर्यो विशेष साधारण सभा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

Success

Thank you for your time.