7 years ago
August 11, 2018
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेल भलिबलको लेभल–टु कोचिङ कोर्स काठमाडौंमा सम्पन्न भएको छ । नेपालमै पहिलोपटक सञ्चालन भएको पाँच दिने लेभल–टु कोचिङ कोर्समा १७ प्रशिक्षार्थी प्रशिक्षकले सहभागिता जनाएका थिए । जसमा नेपालका १४ जना, भारतका दुई जना र सिरियाबाट एक प्रशिक्षार्थीले ले भल–टु कोर्समा सहभागिता जनाएका थिए ।
उनीहरुलाई अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभी)का कोर्स डाइरेक्टर डच नागरिक लास डे डी जोङ र प्रशिक्षक दामिर कोलोले प्रशिक्षण दिएका थिए । १४ जना प्रशिक्षार्थी प्रशिक्षकले लेभल–टु कोर्स उत्तीर्ण गरेसँगै नेपालमा लेभल टु–कोर्स पुरा गर्ने प्रशिक्षकको सङ्ख्या २२ पुगेको छ । यसअघि ८ जनाले मात्रै लेभल टु कोर्स उत्तीर्ण गरेका थिए ।
लेभल–टु कोर्स पूरा गर्ने प्रशिक्षकहरुमा कपिलकिशोर श्रेष्ठ, जगदीश भट्ट, सुदेशकुमार रिमाल, कुमार राई, केशवलाल श्रेष्ठ, अञ्जु श्रेष्ठ, विजय बादे र प्रचण्डबहादुर सिंह रहेका छन् । प्रशिक्षक केशवकुमार श्रेष्ठको भने २०७२ को विनाशकारी भूकम्पमा परी निधन भएको थियो । स्तरीय प्रशिक्षक उत्पादन गर्न फेडेरेसन अफ इन्टरनेशनल भलिबल एफआईभीको सहकार्यमा नेपालमै पहिलोपटक लेभल–टु कोर्स आयोजना गरिएको नेपाल भलिबल संघले जानकारी गराए ।
लेभल–टु कोचिङ कोर्स पुरा गर्ने प्रशिक्षकहरु
१. डम्वर बहादुर नेपाली
२.टेकराज राजभण्डारी
३. बिकास गुरुङ
४.सन्तोष श्रेष्ठ
५.अनन्त श्रेष्ठ
६.रुपलाल तामाङ
७.अञ्चल धिमाल
८.रुपेश विष्ट
९.नीता शाह
१०.कोपिला उप्रेती
११. इन्दिरा निरौला
१२.वीरेन्द्र चौधरी
१३. चन्द्र बन्दना राई
१४. भरत यादव
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]