7 years ago
August 5, 2018
काठमाडौं (हाम्रो खेलकुद)-१८औं एसियाली खेलकुदका लागि थाइल्यान्डमा विशेष प्रशिक्षणरत दुई महिला बक्सिङ खेलाडीले त्यहाँ भएको मैत्रीपूर्ण खेलमा जित हासिल गरेका छन् ।
चार मुलुकका टोलीहरु सम्मिलित मैत्रीपूर्ण प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा महिला ५७ केजी तौलसमूहमा संगिता सुनारले लगातार दोस्रो जित हासिल गरेकी छन् । उनले थाइल्याण्ड ‘बी’ टिमकी पुर्नापालाई अंकको आधारमा हराएकी हुन् ।
यसअघि शनिबार उनले थाइल्यान्ड ए टिमकी बुन्याबुचलाई हराएकी थिइन् । आइतबार भएको अर्को खेलमा नेपाली राष्ट्रिय टोलीकी विमला श्रेष्ठले ५१ केजी तौलसमूहमा थाइल्याण्ड ‘बी’ टिमकी निल्लाडालाई अंककै आधारमा हराइन् ।
महिला ६० केजीतर्फ पहिलो खेलमा थाइ राष्ट्रिय टोलीकी खेलाडीलाई हराएकी पुनम रावलले आइतबारको खेलमा थाइल्यान्डकै अनुसारासँग पराजित भइन् ।
आगामी भदौ २ देखि १७ गतेसम्म इण्डोनेशियाको जाकार्तामा हुने १८औं एशियाली खेलकुदको तयारीका लागि नेपाली बक्सिङ टोली पछिल्लो डेढ महिनादेखि थाइल्याण्डमा विशेष प्रशिक्षणरत छ ।
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]
March 22, 2025
हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]