default_image

7 years ago

August 5, 2018

धनलक्ष्मी मेमोरियल राष्ट्रिय स्क्वास च्याम्पियनसिप मंगलबारदेखि

66 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको धनलक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय क्वास च्याम्पियनसिप मंगलबारदेखि हुने भएको छ । नेपाल स्क्वास राकेट्स संघले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो संस्करणका प्रतियोगिता मंगलबारबाट २६ गतेसम्म ५ दिने हुने जानकारी गराएको हो ।

 

प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर खुल्ला पुरुष ५० वर्षभन्दा माथि, जुनियर ब्वाइज यु–१९ र यु–१५ र जुनियर गल्स यु–१५ गरी सात स्पर्धामा प्रतिस्पर्धा हुने नेपाल स्क्वास राकेट्स संघका अध्यक्ष किशोर महर्जनले जानकारी गराए । यि सात स्पर्धामा करिव १ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

सबै स्पर्धामा गरी कुल पुरस्कार राशि १ लाख ६ हजार रहेको छ । पुरुष सिंगल्सको विजेताले १८ हजार प्राप्त गर्नेछ । दोस्रो हुनेले १० हजार तथा तेस्रो हुनेले समान ४ हजार पाउनेछ । महिला एकलतर्फको विजेताले ११ हजार, दोस्रो हुनेले ६ हजार र तेस्रो हुनेले समान ३ हजा प्राप्त गर्ने आयोजकले जनाएको छ । महिला र पुरुषको उमेर समूहका विजेताले पनि पुरस्कार पाउने छ ।

March 24, 2025

घोडचढी संघलाई सम्झौता पालना नगरेकोमा ओसिएको पत्र

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]

March 22, 2025

निमालाई सुरुङ्गा सहकार्य साइकल दौडको उपाधि

हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

Success

Thank you for your time.