6 years ago
August 4, 2018
काठमाडौं (हाम्रो खेलकुद )-आसन्न जाकार्ता र पालेङवाङ एसियाडको तयारीका लागि वैदेशिक प्रशिक्षणमा रहेकादुई नेपाली खेलाडी मैत्रीपूर्ण खेलमा विजयी भएका छन् ।
चार देशबीच भएको मैत्रीपुर्ण खेलमा एसियाड तयारीमा रहेका नेपालकी संगिता सुनार र पुनम रावल विजयी भएको हो ।
संगिताले ५७ केजी तौल समूहमा थाईल्याण्डकी मुक्केवाज बुन्याबचलाई अंकको आधारमा हराईन् ।
पुनमले ६० केजी तौल समूहमा थाईल्याण्डकै अपिसाडा हामरलाई अंककै आधारमा पराजित गरेकी हुन् । नेपाली टोली एक महिनाअघिबाट थाइल्यान्डमा प्रशिक्षणरत छन् ।
November 25, 2024
सूर्य शुभचिन्तक,वीरगञ्ज नेपाली महिला यु १९ क्रिकेट टोलीकी सदस्य वीरगञ्जकी क्रिकेट खेलाडी साना प्रविणलाई वीरगञ्ज महानगरपालिकाले सम्मान गरेको छ । महानगरमै आइतवार आयोजित एक कार्यक्रमका बीचमा महानगरले उनलाई ५१ हजार रुपैयाँसहित सम्मान गरेको हो । साना प्रविणले हालै सम्पन्न यू–१९ टी–२० महिला एसिया क्वालिफायरमा थाइल्याण्डविरुद्धको खेलमा अर्धशतक प्रहार गर्दै नेपालको कीर्तिमानी साझेदारी गरेकी थिइन् । […]
November 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौंकी सन्तोषी श्रेष्ठ र नेपाली सेनाका मुकेश पालले शनिवार गरिमा रोड रेसको उपाधि जितेका छन्। १० किलोमिटर दौड महिलामा सन्तोषी र पुरुषमा मुकेश पहिलो भएका हुन् । गरिमा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता एवं ओलम्पियन सन्तोषीले निर्धारित दूरी […]
November 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)- फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल २८औं संस्करणको यु-२१ तर्फको उपाधि विजेता नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य स्वदेश फर्किएका छन्। सदभावलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले तथा संघका पदाधिकारीहरुले स्वागत गरे। नेपाली खेलाडीले फाल्डो सिरिज अन्तर्गत ग्रान्ड फाइनलमा […]